दिगो विकास मूलप्रवाहीकरण सम्बन्धी परीक्षण सूची पारित
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २२:१६:३१
१४ असार, काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले परीक्षणसूचीमा समेटिनुपर्ने विषयमा समिति सदस्य सांसदको रायसुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिएको हो ।
समितिका सभापति तारादेवी भट्टले परीक्षण सूचीलाई सर्वसम्मतिले पारित गरेको घोषणा गर्दै अन्तिम मस्यौदा छिट्टै प्रकाशन गरिने बताइन । बैठकले परीक्षण सूचीको खाका र थप छुटपुट विषयका सन्दर्भमा समिति सचिवालयले सांसद विमला पौड्यालसँग समेत समन्वय गरी अन्तिम रुप दिने निर्णय गरेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
सुशासन प्रवद्र्धन र सन्तुलित विकास समिति कार्यशर्त भएका सन्दर्भमा समाजमा शान्ति, सदाचार प्रबर्धन र समन्यायिक विकासका लागि समितिले नियामक निकायसँंग छलफल गर्ने निर्णय पनि गरेको छ । कोभिड–१९ महामारीको समयमा समाजमा बढ्दै गएको जोखिम, बलात्कारलगायत शान्ति प्रतिकूल कार्य भएका सन्दर्भमा गृहमन्त्री, गृहसचिव र सुरक्षा निकाय प्रमुखलाई बैठकमा आमन्त्रण गरी अनुकूल र उपयुक्त समयमा छलफल गर्ने निर्णय गरिएको समितिका सचिव निर्मलादेवी लामिछानेले बताए ।
उनले दिगो विकास र सुशासनलाई मूलप्रवाहीकरणका लागि सांसदको भूमिका कस्तो हुने भन्नेबारे परीक्षण सूचीको मस्यौदा तयार भएको र सांसदको सुझावलाई समावेश गरी एक साताभित्र प्रतिवेदन प्रकाशन गरिने जानकारी दिए ।
दिगो विकास लक्ष्य ‘सन् २०१६–२०३०’ का लागि निर्धारण गरिएका १७ लक्ष्यलाई समेट्ने गरी दिगो विकासमा मूलप्रवाहीकरणका विषयलाई परीक्षण सूचीमा समावेश गरिएको छ । यसअघि बैठकमा सांसद दीनानाथ शर्माले समितिका पूर्वनिर्धारित कार्यक्रम कोभिड–१९ महामारीका कारण प्रभावित भएको भन्दै सामाजिक दूरी कायम गरी वैठक बसेर बाँकी जिम्मेवारीलाई आगामी दिनमा पुरा गरिनुपर्ने बताए ।
सांसदद्वय खिमकुमार विश्वकर्मा, चक्रप्रसाद स्नेहीलगायतले समितिको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय प्रकृति संरक्षण, सुशासन प्रवद्र्धन तथा शनिबारदेखि नेपालका केही जिल्लामा प्रवेश गरेको सलह कीराको प्रकोप नियन्त्रणमा सरकारको तयारीलगायत विषयमा सरोकार भएकासँग छलफल गर्न माग गरे । साथै उनीहरुले कोभिड महामारीका कारण भएका आत्महत्यालगायत घटनाका सम्बन्धमा गृह मन्त्रालय र मातहत सुरक्षा निकायका प्रमुखसँग छलफल गरी जानकारी लिन पनि समिति सभापतिलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार