पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २३:३३:३
१४ असार एजेन्सी । विश्वभरी फैलिएको कोरोना भाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ ।
नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो ।निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । अठचालीस वर्षीय डुडालाई सत्तारुढ रुढीवादी पार्टी कानुन र न्याय पार्टीको समर्थन रहेको छ । उहाँ दोस्रो पाँच बर्षे कार्यकालका लागि राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिनु भएको हो ।
पोल्याण्डको राजनीतिमा सो पार्टीले कुन हैशियत पाउनेछ भन्नेबारे पनि डुडाको नतिजाले तय गर्नेछ । पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्ने देखाएको छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको छ ।
कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा यही जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउनेगरी मिति तय भएको छ ।आइतबार भएको पहिलो चरणको मतदानको नतिजा बुधबार सार्वजनिक हुनसक्ने अधिकारीहरुले जनाएका छन् । युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन । त्यसैले धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।
मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गरिएको छ ।तीन करोड असी लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ४०० जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार