युवा नेता भण्डारीद्धारा पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सुरक्षा सामग्री वितरण
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार ०:५३:५३
१४ असार, धनगढी । हरिप्रिया फाउण्डेसनले कैलालीका पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्मित भवनमा कांग्रेस युवा नेता क्षितिज भण्डारीले हरिप्रिया फाउण्डेसनका तर्फबाट कैलालीका पत्रकारलाई सामग्री वितरण गरेका हुन ।
महासंघका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरोना संक्रमणको जोखिमको बेला पनि अग्रमोर्चामा रहेर सञ्चारकर्म गर्ने ८ जना पत्रकारलाई पीपीई, फेस सिल्ड, सेनिटाइजर वितरण गरिएको हो । फाउन्डेसनले काठमाडौंदेखि कैलालीसम्म मायाको कोसेली दिने क्रममा सुदुरपश्चिम पुगेका भण्डारीले कान्तिपुर संवाददाता मोहन बुढा ऎर, एनटीभीका भरत शाह र केटीभीका टेकराज जोशीमार्फत स्वास्थ्य सामग्री वितरण गरेको कार्यक्रमका संचालक नृप सुनारले बताए ।
त्यस्तै सम्मानित हुनेहरुमा महासंघका सभापति जगत साउद, देखापढी अनलाइनका दीपक नेपाल, रातोपाटीका टंक कुवर, सचिव मीन ठकुरी, राजधानी दैनिकका दीपक ओली, जनता टीभीका भीम चौधरी, मर्निङ्ग बेल कि रमा भट्टराई रहेका छन् । सबैले मायाको कोसेली प्राप्त गरेका थिए । स्वास्थ्य सुरक्षा सामग्रीसँगै पत्रकारलाई सम्मान समेत गरिएको थियो । हरिप्रिया फाउण्डेसनले दश हजार नागरिकको अनुहारमा मुस्कान ल्याउन स्वास्थ्य सामाग्रीसहित सौन्दर्य सामाग्री र जुस राखेर मायाको कोसेली बितरण गर्दै आएको छ ।
पत्रकारसँगै कार्यक्रममा सहभागीलाई मास्क, सेनिटाइजर पनि वितरण गरिएको थियो । नेपाली कांग्रेसको महासमिति सदस्य रही धनगढीबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारसमेत रहेकी स्वर्गीय हरिप्रिया भण्डारीले जीवित रहँदा छोटो समयमै राजनीतिक, सामाजिक र महिला अधिकारको क्षेत्रमा थुप्रै काम गरेकी थिइन ।
दुई दशकसम्म नेपाल महिला संघ कैलालीको सचिव र सभापति हुदै केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले शिक्षामा पनि ठूलो योगदान दिएकी थिइन । स्वर्गीय हरिप्रियाको सम्झना युवा नेता भण्डारीले आगामी दिनमा राहत वितरण र समाजसेवाको कामलाई थप अगाडी बढाइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्रीले नै वैकल्पिक सरकार बनाउन खोजेपछि यो कदम चालिएको हो : ज्ञवाली
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार