निजी विद्यालयको ‘लुट’, लकडाउनमा डेढ लाख शुल्क !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार २:१९:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/ullens-rato-bagala-school_B8Mlsx6W1V.jpg)
१४ असार, काठमाडौँ । कोरोना भाइरसको महामारीले विश्व नै ‘लकडाउन’मा छ । यतिबेला सारा विश्व नै घरभित्र थुनिएका बेला नेपालका निजी विद्यालय भने विद्यार्थी र अभिभावकबाट हुँदै नभएको पढाईको शुल्क उठाउन तल्लीन छन् । काठमाडौँका ठूला भनिने निजी विद्यालयले धमाधम शुल्क उठाइरहेका छन् ।
शुल्क उठाउने नाममा कतिसम्म ब्रहुमलुट छ भने लकडाउनमा गाडी नचल्दा पनि निजी विद्यालयले यातायात खर्च शीर्षकमा १० हजारसम्म असुलेका छन । लकडाउनले स्कुल लागेको छैन । विद्यार्थीले पढ्न पाएका छैनन् । तर पनि निजी विद्यालयले सामान्य अवस्थाको जसरी ‘बिल’ भरेर घर घर पठाएका छन् ।
युलेन्सको दादागिरी, लकडाउनमा डेढ लाखको बिल !
ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा हजारौ विद्यार्थी पढ्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा लगायतले सञ्चालन गरेको यो स्कुल अहिले लकडाउनमा शुल्क उठाउने हर्कतले चर्चामा छ । सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको पत्रअनुसार युलेन्सले लकडाउन अवधिमा मात्रै डेढ लाखको बिल प्रत्येक अभिभावकलाई पठाएको छ ।
जसमा मासिक शुल्क मात्रै ६६ हजार छ । लकडाउनमा गाडी ठप्प भएका बेला युलेन्सले गाडीको बिल मात्रै १० हजार ४ सय भएको भन्दै अभिभावकलाई तिर्न उर्दी जारी गरेको छ ।
नयाँ आर्थिक बर्षको बैशाख, जेठ र असार महिनाको एक लाख अन्ठाउन्न हजार रुपैयाँको बील युलेन्सले अभिभावकलाई पठाएको देखिन्छ । जबकी लकडाउनको अवधिमा पढाई नै भएको छैन । जुममार्फत भएको पठनपाठन पनि पत्रमा खुलाइएको छैन । तर एकाएक डेढ लाखको बील थमाएपछि अभिभावक अन्यौलमा परेका छन् ।
काठमाडौँ उपत्यकाका निजी विद्यालय मात्रै होइन, उपत्यका बाहिरका निजी विद्यालयको आतंक पनि उस्तै छ । झापाको विर्तामोडमा रहेको लिटल फ्लावर्स इङ्लिस स्कूलले कक्षा ५, ६ र ७ को मासिक चार हजार ४०० रुपैयाँ शुल्क तिर्न अभिभावकलाई दबाब दिएको छ ।
मासिक चार हजारका हिसाबले तीन महिनाको १३ हजार बढी शुल्क तिर्न अभिभावकलाई ताकेता गरिरहेको अभिभावकले गुनासो गरेका छन । मोबाइलमा म्यासेज गरेर शुल्क तिर्न स्कुलले दबाब दिएको अभिभावकहरुको गुनासो छ ।
सेन्ट मेरिजको भावुक पत्र
ललितपुर जावलाखेलकै सेन्ट मेरिज स्कुलले अभिभावकलाई भावुक पत्र लेखेको छ । कोरोना महामारीले सारा संसार ठप्प भएका बेला स्कुल खोल्ने कुरा कल्पनाभन्दा बाहिर रहेको भन्दै अहिले बालबालिकालाई अनावश्यक तनाव नदिन स्कुलले आग्रह गरेको छ ।
अहिले सबै ठाउँमा समस्या भएको र यसले अनिश्चितता निम्त्याएको भन्दै धैर्य गर्न पनि आग्रह गरिएको छ । भावुक पत्र पठाएको सेन्ट मेरिजले भित्रभित्रै शुल्क मागेको गुनासो भने अभिभावकले गरेका छैनन् ।
अभिभावक भन्छन– ‘पढाई भएकै छैन, कसरी तिर्नु ?’
स्कुलहरुले निरन्तर शुल्क तिर्न ताकेता गरेपछि अभिभावक अत्तालिएका छन । लकडाउनमा घरखर्च चलाउनै मुश्किल भएका बेला शुल्क कसरी तिर्ने ? भनेर अभिभावक अन्यौलमा छन ।
नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा तत्काल शुल्क तिर्न सक्ने अवस्था नरहेको बताउँछन । निजी विद्यालयलाई समस्या परे सरकारले हेर्नुपर्ने उनले बताए । ‘अहिले देश लकडाउन भएका बेला अभिभावकलाई बाच्न समस्या छ । त्यसमाथि पढाई भएको छैन । पढाई नभएको शुल्क कसरी तिर्नु ?’ देवकोटा भन्छन, ‘निजी विद्यालयको लुट मान्य छैन । समस्या परे सरकारले हेरोस । अभिभावकलाई तनाव दिने काम नहोस ।’
युलेन्स र रातो बंगलाले सरकार र कानुनलाई टेर्दैनन् !
अभिभावक महासंघका अध्यक्ष देवकोटा काठमाडौँका युलेन्स, रातो बंगला, जेम्स लगायतका विद्यालय सरकार र कानुनभन्दा माथि रहेको टिप्पणी गर्छन । उनीहरु प्याब्सन, एनप्याब्सनसँग आबद्ध नभएका र अभिभावकले पनि स्कुलको आतंकबारे कुनै गुनासो नगर्ने गरेको देवकोटाको भनाई छ ।
‘उनीहरुले कसैलाई मान्दैनन् । कुनै संगठनमा पनि आबद्ध छैनन्’ उनले भने, ‘सरकार र कानुनभन्दा पनि आफूलाई माथि सोच्ने उनीहरुलाई कसैले नियमन गर्न सकेको छैन ।’ शिक्षा मन्त्रालयले भने यसअघि नै शुल्क लिन नपाइने भनेर परिपत्र गरेको छ । केही दिनअघि निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र एनप्याब्सनले विज्ञप्ती निकालेर शुल्क उठाउने भनेका थिए ।
तर शिक्षा मन्त्रालयले अहिले लकडाउनको बेला शुल्क नउठाउन भनेपनि निजी विद्यालयले त्यसलाई बेवास्ता गरेका छन । जसका कारण विद्यार्थी र अभिभावक भने मारमा परेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार