मन्त्री गुरुङको निर्वाचन क्षेत्रको विकास योजना अनुगमन
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार १:५६:४७
१४ असार, दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रमा सञ्चालन गरिएका विकास योजनाको अनुगमन गरिएको छ । तनहुँ निर्वाचन क्षेत्र २ ‘ख’ अन्तर्गत विभिन्न स्थानीय तहमा चालू आर्थिक वर्ष ०७६/७७ मा सञ्चालन भएका विकास योजनाको अनुगमन गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य एवं अनुगमन समितिका संयोजक प्रभा कोइराला, जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख दीपा गौतमलगायतले मन्त्री गुरुङको निर्वाचन क्षेत्रअन्तर्गतका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र भीमाद नगरपालिकामा सञ्चालन भएका विकास योजनाको शनिबार र आज अनुगमन गरेका छन् ।
अनुगमन टोलीले घिरिङ गाउँपालिका वडा नं ३ स्थित चक्रदेवी मोटरमार्ग, वडा नं २ स्थित कटहरे–डुम्रीबेंसी मोटरमार्ग, वडा नं १ स्थित कुमाल समाज घर र वडा नं ३ स्थित घिरिङ कोट संरक्षणको अनुगमन गरेको छ ।
त्यस्तै भीमाद नगरपालिका वडा नं ४ स्थित नरीकोट सडक स्तरोन्नति, वडा नं ५ स्थित शीतलमार्ग स्तरोन्नति, वडा नं ९ स्थित सिद्धगुफा मोहरिया सडक स्तरोन्नति, तुरतुरे बरनछाङ्गा धावादीफेदी नयाँ ट्र्याक निर्माण, धन्दुर इको पार्क तथा पर्यटन पूर्वाधार र भानुमति मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि समूहको भवनको अनुगमन गरेको मन्त्री गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले ऋषिङ गाउँपालिकास्थित शुकेपोखरी धनुबास ग्वास्लुङ कोइदिम धवला झापुटार सडक, अजम्बरी आमा समूह भवन, झिरुवास राम्जाकोट दलित सामुदायिक भवनको अनुगमन गरेको छ ।
ऋषिङ गाउँपालिकाकै लाफा भिलेज, भिरकोट जनजातिको सामुदायिक भवन र टोड्केदी खानेपानी आयोजनाको मर्मतसम्भारको काम भने अनुगमन गर्न बाँकी रहेको छ । अनुगमन गरिएका कामको प्रगति विवरण सन्तोषजनक पाइएको अनुगमन समितिले निष्कर्ष निकालेको छ । प्रदेश निर्वाचन क्षेत्र कार्यक्रमअन्तर्गत मन्त्री गुरुङको निर्वाचन क्षेत्रमा रु दुई करोडका योजना सञ्चालन गरिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार