ओली अभिव्यक्तिमा लुकेको हतास मनस्थिति
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:२७:१२
१५ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली जब राजनीतिक संकटमा पर्छन् एउटा नयाँ फण्डा थालिहाल्छन् । अहिले त्यस्तै फण्डा तयार गरेका छन् – भारतले उनको प्रधानमन्त्री पद खोस्दैछ । हिजो सरकारी निवासमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले बढो गम्भिर भएर भने– मैले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेपछि भारतीयलाई छटपटी भएको छ । साथै, केही नेताहरु पनि भारतसँग मिलेर मलाई पदमुक्त गर्न चाहन्छन् ।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर उनले गरेको टिप्पणीलाई धेरैले घटिया राजनीतिक चालबाजी भने । किनभने संसदले पारित गरेको नयाँ राजनीतिक नक्शा उनले मात्रै बनाएका होइनन्, सिंगो मुलुक एकढिक्का भएर पारित भएको हो । बरु उनी आफू चाहिं यसको पक्षमा थिएनन् । नेकपाका एक केन्द्रीय सदस्यले भने– सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा यो विषय परेकै थिएन । जब यसबारे जानकारी दिन ओलीले सचिवालय बैठक डाके, त्यहाँ नेताहरुले नक्शा जारी गर्न दबाब दिएपछि मात्रै यो विषयले संसदमा प्रवेश पाएको हो ।
साथै, नयाँ नक्शा जारी गर्न प्रतिपक्षी नेपाली कांग्रेसलगायत समुचा राष्ट्र एकजुट भएको विषयलाई लुकाएर एक्लो जस लिन खोजेकोमा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आपत्ति जनाए । कांग्रेसलगाय सबै प्रतिपक्षीको साथ र सहयोगमा जारी गरिएको नयाँ नक्शा ओलीले एक्लै जारी गरेको हावादारी गफ दिनुको कुनै अर्थ छैन – कांग्रेस केन्द्रीय सदस्य घिमिरेले भने ।
यथास्थितिमा ओलीलाई सत्तामा टिकाउने पक्षमा नेकपा नै छैन भने यसमा भारतलाई घिसार्नुको कुनै अर्थ छैन– उनले भने । भारत साँच्चै चिढिएको भए नेपाली कांग्रेसलगायत विपक्षी पार्टीसँग होला तर ओलीसँग छैन, उनले दावी गरे । नेपालको कार्यकारी प्रमुखले यस्तो पँधेर्नी गफ गर्नु भनेको सिंगो राष्ट्रको इज्जत दाउमा राख्नु हो उनले भने –ओहदामा बसेका नेताले पदीय मर्यादा र कुटनीतिक क्षमतासमेत प्रदर्शन गर्न सक्नुपर्छ ।
नेकपाकै अर्का नेताले भने – यो सबै विषयान्तर गर्ने ओलीको चालबाजी मात्रै हो । राजनीतिक रुपमा ठूलो संकटको भूमरीमा फसेका ओलीले नयाँ फण्डा मात्रै फालेका हुन्– उनले दावी गरे । ओलीको राजीनामा पार्टी बैठकमा धेरै अगाडिदेखि नै मागिसकिएको अवस्था हो, कोरोना कहरले मात्रै अहिले रोकिएको हो । सचिवालय बैठकमा यो मुद्धाले प्रवेश पाइसकेको छ । अहिले फेरि जारी स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा माग्ने तयार भईरहेका बेला उनले नयाँ फण्डा तयार गरेका हुन्– ती नेताले भने ।
हुन पनि ओली नयाँ नयाँ फण्डा तयार गर्न माहिर नै छन् । राजनीतिक रुपमा ठूलो संकटमा परेका बेला उनले अप्रासंगिक रुपमा यो मुद्धाको उठान गरेका छन् । स्थायी कमिटीमा आफ्नो राजीनामा माग्ने तयारी भएको उनले भेउ पाइसकेका छन् ।त्यसैले यो नयाँ फण्डा तयार गरेका हुन् – उनको तर्क छ । ओलीले भने अनुसारको अवस्था हो भने भारतले उनको विकल्पमा कसलाई खडा गर्ला त ? राजपा नेता बृषेशचन्द्र लालले प्रश्न गरे । नेपालको नयाँ राजनीतिक नक्शाप्रति आपत्ति हो भने भारतको पक्षधर कुुन पार्टी वा नेता होलान् त भन्दै उनले नेकपाकै बलमा बनेको यो सरकार गि¥यो भने नेकपाकै कारण मात्र हुने उनको भनाई छ ।
बरु भारतलाई चिढ्याएर अझै समस्या चुलियोस् र नक्कली राष्ट्रवादको डम्फु बजाउने मौका मिलिरहोस् भन्ने चाहना नै छर्लङ्ग भएको बताए । राजपा नेता बृषेशचन्द्र लाल भन्छन्– नक्शा जारी गर्दा आफ्नो पद धरापमा परेको टिप्पणी गर्नु भनेको रुञ्चे तर्क हो । अब जनताले यस्ता गोहीहरुको आँसु पत्याउन छाडेका छन् ।
झण्डै दुई तिहाई समर्थन रहेको नेकपाको सरकार भारतले बनाएको थियो भने उसले ढाल्न सक्थ्यो, नत्र यस्ता बकमफुसे गफ गरेर जनतालाई बेबकुफ बनाउने प्रयास बन्द गरिनुपर्ने उनको तर्क छ । कि त ओलीले भन्नु प¥यो सरकार बनाउँदा पनि मैले भारतको साथ लिएको थिएँ, अब विश्वास गुमाएँ, उसले हटाउँदैछ – नेता लालको भनाई छ ।
वास्तवमा ओली सरकारमाथि आन्तरिक चुनौतीको पहाड रहेको स्पष्ट गर्दै कांग्रेस केन्द्रीय सदस्य घिमिरे भन्छन्– नाँच्न जान्दैन, आँगन टेढो भनेजस्तो भएको छ । यथास्थितिमा ओलीलाई सत्तामा टिकाउने पक्षमा नेकपा नै छैन भने यसमा भारतलाई घिसार्नुको कुनै अर्थ छैन– उनले भने । भारत साँच्चै चिढिएको भए नेपाली कांग्रेसलगायत विपक्षी पार्टीसँग होला तर ओलीसँग छैन, उनले दावी गरे । नेपालको कार्यकारी प्रमुखले यस्तो पँधेर्नी गफ गर्नु भनेको सिंगो राष्ट्रको इज्जत दाउमा राख्नु हो उनले भने –ओहदामा बसेका नेताले पदीय मर्यादा र कुटनीतिक क्षमतासमेत प्रदर्शन गर्न सक्नुपर्छ ।
यसको मतलब ओली केवल नक्शा जारी गर्न मात्र तयार देखिए, नकी गुमेको भूमि फिर्ता ल्याउन – नेता घिमिरे भन्छन् । साँच्चै गुुमेको भूभाग फिर्ता ल्याउने भए यस्ता गैरजिम्मेवार टिप्पणी अवश्य पनि गर्ने थिएनन् ओलीले भन्दै बरु भारतलाई चिढ्याएर अझै समस्या चुलियोस् र नक्कली राष्ट्रवादको डम्फु बजाउने मौका मिलिरहोस् भन्ने चाहना नै छर्लङ्ग भएको बताए । राजपा नेता बृषेशचन्द्र लाल भन्छन्– नक्शा जारी गर्दा आफ्नो पद धरापमा परेको टिप्पणी गर्नु भनेको रुञ्चे तर्क हो । अब जनताले यस्ता गोहीहरुको आँसु पत्याउन छाडेका छन् ।
उनी भन्छन्– यदि प्रधानमन्त्री ओलीले भने जस्तै सरकार ढाल्न होटल होटलमा भेला भएको र त्यसमा भारतीय राज्यसंयन्त्र नै संलग्न हो भने तत्कालै राजदूत बोलाएर स्पष्टीकरण लिन सक्नुपर्छ । हैन पार्टी भित्रको राजनीतिक चालबाजीका लागि मात्रै यस्तो टिप्पणी गरेको भए नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण हुने उनको तर्क छ ।
भारतीय प्रधानमन्त्रीले नेपालसँगको सीमा विवादबारे अहिलेसम्म कुुनै टिप्पणी गरेका छैनन्, तर ओलीलाई चाहिं बोल्न केले प्रेरित गरेको हो ? उनी प्रश्न गर्छन् । केवल कागजमा मात्रै नेपाली भूमि राख्ने ओलीको चाहना भएको उनले आरोप लगाए । हामीले पनि नेपाली भूमि फिर्ता गर्नुपर्छ भनेर संविधान संशोधनको पक्षमा मतदान गरेका छौं, यो ओलीलाई राजनीति गर्न मात्रै दिइएको समर्थन हैन – उनले थपे ।
प्रधानमन्त्रीको ओहदामा बसेका ब्यक्तिले दिएको अभिव्यक्तिलाई विश्व कुटनीतिले बढो गम्भिर रुपमा लिएको धारणा नेपाली कांग्रेसका नेता एवं भारतका लागि पूूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायको तर्क छ । उनी भन्छन्– यदि प्रधानमन्त्री ओलीले भने जस्तै सरकार ढाल्न होटल होटलमा भेला भएको र त्यसमा भारतीय राज्यसंयन्त्र नै संलग्न हो भने तत्कालै राजदूत बोलाएर स्पष्टीकरण लिन सक्नुपर्छ । हैन पार्टी भित्रको राजनीतिक चालबाजीका लागि मात्रै यस्तो टिप्पणी गरेको भए नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण हुने उनको तर्क छ ।
नेकपाकै एकजना केन्द्रीय सदस्य भन्छन् – ओलीले आफूमाथिको संकट टार्न मात्रै यस्तो फण्डा गरेका हुन् । अब उनको औचित्य सकिएको पार्टीले निक्र्याेल गरिसकेको बेला यस्तो फण्डाले पद जोगाउने उनको बुझाई हुनसक्ने ती नेता बताउँछन् । तर अब भारतीय कार्ड प्रयोग गरेपनि ओलीले पदमा बस्ने राजनीतिक र नैतिक हैसियत गुमाइसकेका छन्, स्थायी कमिटीले यसबारे ठोस निर्णय लिने छ –ती नेताले भने । कुटनीतिक मर्यादा विपरित जथाभावी बोल्ने शैली र प्रवृत्तिले सिंगो पार्टी र मुलुकलाई नै क्षति पुग्ने उनको बुझाई छ । भोलि ओली पदमुक्त हुँदा राजनीति गर्न तयार गरिएको कार्ड मात्रै यो अभिव्यक्ति – उनी भन्छन् ।
अब जस्तो सुकै चालबाजी गरेपनि ओलीले पद छाड्नुको विकल्प छैन, उनी भन्छन् । एक व्यक्ति एक पदको नीति पास हुन्छ नै त्यसैले या त पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्नै पर्छ – ती नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार