ओलीले आफू बाहेक कोही देशभक्त छैनन भन्नु जनताको अपमान : राप्रपा अध्यक्ष डा लोहनी
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:३४:३६
१५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् ।
राप्रपा अध्यक्ष लोहनीले सोमबार सामाजिक संजालमा सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई चार बुँदे सुझाव समेत दिएका छन् ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
१. विदेशी र स्वदेशी मिलेर नेपाल को नया नक्सा जारी गरे बापत तपाईलाई हटाउन प्रयास हँुदैछ भन्ने तपाइको आरोप पढियो ।
२. तपाईको विश्लेषण गलत छ किनभने तपाईलाई हटाउन तपाई आफै कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफुले आफुलाई हेर्नुहोस् थाहा पाउनु हुनेछ ।
३. ठिक कुरामा जनता र दलहरुले तपाईलाई सधै साथ दिएका छन् । तपाईले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाईको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन । विचार गर्नुहोस् कुनै विदेशीको मुख हेरेको भए यो एकता संभव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताब निर्विरोध पारित हुने थिएन । यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाई बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफु बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टीकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।
४. तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग संझने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईको नवसामन्ती प्रवृत्तिको कारणले हो । प्रजातन्त्र को नाममा आजको नयाँ पिढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हँ भने तपाईले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइड बडी जहाज कमीसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् । साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् । तर यो दुइ बर्षमा सबैले देखिसके तपाई यो नवसामंतबादमा अडेको “नौलो बहुदलीय भारदारी जनबाद” अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार