साम्राज्ञी र भुवन केसीबीच लफडा, यौन दुर्व्यवहारको आशंका !
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २०:९:३९
१५ असार, काठमाडौँ । सदाबहार नायकले परिचित भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई यौन दुर्व्यवहार गरेको आशंका फैलिएको छ । केही दिनअघि साम्राज्ञी राज्य लक्ष्मी शाहले आफू यौन दुव्र्यवहारमा परेको र नेपाली चलचित्र क्षेत्रमा नातावादको ठूलो समस्या रहेको बताएकी थिइन ।
सामाजिक सञ्जालमार्फत उनले यस्तो गम्भिर कुरा बाहिर ल्याएपछि उनलाई समर्थन गर्ने र उनको विरोध गर्नेको संख्या बढ्दै छ । उनले अहिलेसम्म आफूले काम गरेका ८ वटा चलचित्रमध्ये ३ वटा चलचित्रमा यौन दुव्र्यवहार भोगेको समेत फेसबुकमार्फत खुलाएकी थिइन ।
त्यसमध्ये पहिलो फिल्म ड्रिम्स खेल्दा आफूले दुव्र्यवहार भोगेको पनि उनको संकेत थियो । तर पछिल्लो केही दिनयता ड्रिम्सका निर्माता तथा निर्देशक भुवन केसीले साम्राज्ञीलाई लक्षित गर्दै फेसबुकमा स्टाट्स हालेर आफुनो बदनाम गर्न खोजेको आरोप लगाएका छन ।
उनले ड्रिम्सबाट साम्राज्ञी हिट भएको भन्दै अहिले आएर आफूले डेब्यु गरेको चलचित्रलाई नै बदनाम गर्न लागेको आरोप समेत लगाएका छन । साम्राज्ञीले भुवन केसीबाटै आफू यौन दुव्र्यवहारको सिकार भएको नखुलाएपनि उनीहरुबीच लफडा रहेको देखिएको छ ।
जसले लकडाउनमा ठप्प बनेको चलचित्र क्षेत्र गसिपले भएपनि गर्माएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार