दोश्रो बजारमा कोरोना भाइरसको असर न्यून, बजार ६ प्रतिशतले बढ्यो ! प्रतिरोध टेवा कति ?
आर्थिक संवाददाता
असार १६, २०७७ मंगलबार २१:२:३२
१६ असार, काठमाडाैं । आज २ बाहेक सम्पूर्ण उपसुचकमा आएको वृद्धिसँगै साताको दोश्रो शेयर बजार कारोवारकाे दिन नेप्से परिसूचकमा ६ प्रतिशतको सर्किट ब्रेक लागेपछि पुरै समय शेयर कारोवार हुन सकेन । आज ट्रेडिङ्ग कम्पनीहरुको उपसुचकमा निकै ठूलो उछाल आएको थियो भने बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा पनि ७ प्रतिशत माथिको वृद्धि देखिएको थियो ।
११८७ दशमलव २६ को विन्दुमा खुलेको बजार १२६० दशमवल ७५ को विन्दुमा बन्द भएको थियो । ११८५ दशमलव ७० को न्यून विन्दुसम्म पुगेको बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै रहेको छ । आजको प्रवृत्तिले भोलीको सुरुवाती सत्रमा निकै आकर्षक खरिदकर्ता आउने विश्लेषण गर्न सकिन्छ । बजारको प्रतिरोध १२८० मा रहेको छ भने हिजोको प्रतिरोध तोडेर आजको बजारले १२०० को विन्दुलाई टेवा बनाएको छ ।
आज बजार बढ्दो प्रवृत्तिमा रहेको छ । आजको मैनबत्तीले “बुलिस मारुबोजु” चित्र बनाएको छ। यसले आज बजारमा माग बढेको संकेत गर्नुका साथै केहि समयसम्म बजार बढ्न सक्ने जानकारी गर्दछ । दैनिकी अवधिमा “आरएसआई” ४१ दशमलब ८० को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा क्रेताको चाप हुन थालेको देखिन्छ । “एडिएक्स” तथा जोड- बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा माग बढ्न थालेको प्रारम्भिक जानकारी गरेको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने जानकारी गराएको देखिन्दैन ।
नेप्से परिसूचक ६ प्रतिशतले वृद्धि हुँदै बजारको नियमित समय अघि नै शेयर बजार बन्द भएको थियो । नेप्से परिसूचक ७२ अंकले वृद्धि भएर बजार १२६० दशमल ७५ को विन्दुमा बन्द भएको छ। २२ करोड ७२ लाख माथिको शेयर कारोवार हुँदा ४ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको थियो ।
हिमालयन डिष्ट्रिलरीको सर्वाधिक ३ करोड ६४ लाख बराबरको शेयर खरिदबिक्री हुँदा दोश्रोमा नेपाल लाईफ इन्स्योरेन्सको ३ करोड ५२ लाख बराबरको शेयर खरिदबिक्री भएको थियो।
आज नागरिक लगानीकोष, एशियन लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्सको र शिवम सिमेण्ट्सको बजार मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै आज दोश्रो दिनमा पनि नेपाल पुनर्बीमाको शेयर मूल्यले मुनीको सर्किट हानेको छ। आज दुई कम्पनी नेपाल पुनर्बीमा र ओरियण्टल होटल्सको शेयर मूल्य ९ प्रतिशत धेरै घटेको छ।
नोट : निर्णय लग्नु अघि थप अनुसन्धान गर्न होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार