नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २०:४८:४४
१६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । नेताहरुले ओली पार्टी र सरकार दुबैमा असफल भएको भन्दै राजीनामा दिन माग गर्ने भएका हुन् ।
मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीप्रति तिब्र आलोचना र राजीनामाको माग बर्षिने सम्भावना छ । बालुवाटारमा जारी बैठकमा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा माग गर्ने तयारी गरेका हुन ।
पछिल्लो समय ओलीले पार्टीभित्रको आलोचनाबाट बच्नका लागि भारतले आफूलाई हटाउन खोजेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर सो अभिव्यक्तिपछि ओली झन विवाद र आलोचनामा परेका छन । पार्टीको आलोचना छल्न भारतीय कार्ड फ्याकेका ओलीलाई त्यसले पनि काम गर्न नसकेपछि झन तनाव सिर्जना भएको छ ।
जसले गर्दा ओलीको प्रधानमन्त्री पद खतरामा परेको छ । यसअघि नेकपा फुटाउने गरी अध्यादेश ल्याउँदा नै नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । तर उनले त्यतिबेला आत्मालोचना गरेपछि पद जोगिएको थियो । राजीनामा माग्ने डरले नै ओलीले स्थायी समिति बैठक बोलाउन आनाकानी गर्दै आएका थिए ।
यतिबेला आफु अनुुकुल समय परेको भन्दै ओलीले स्थायी समिति बैठक बोलाएपनि उनको राजीनामा भने झन पेचिलो बनेको छ । स्थायी समिति बैठकमा अहिलेसम्म सीमा विवाद, कोरोना नियन्त्रणमा मात्रै छलफल भएको छ । रुकुम सोतीमा भएको जातीय नरसंहारको घटना, कोरोना नियन्त्रणमा भएको अर्बौ भ्रष्टाचार विषयले पनि ओलीको राजीनामा झन चर्किएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार