असार २० गतेभित्र एसईई विद्यार्थीको नम्बर पठाउन परीक्षा बोर्डको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २१:२०:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/see_tVhGgqkhkn.jpg)
१६ असार, काठमाडौँ । कोरोनाका कारण रोकिएको एसईई परीक्षाको आन्तरिक मूल्यांकन नम्बर राष्ट्रिय परीक्षा बोर्डले तत्कालै पठाउन निर्देशन दिएको छ । शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा एसइईका विद्यार्थीको मूल्यांकन नम्बर असार २० गतेभित्र पठाइसक्न बोर्डले निर्देशन दिएको हो ।
विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन विवरण तयार गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ।
यो कार्यविधिमा टेकेर विद्यालयले प्रधानाध्यापकले एक समिति गठन गरेर विद्यार्थीको नम्बर तयार पार्नुपर्नेछ । विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका भिडाई प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्क मिले नमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई परीक्षा सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो।
गएको बर्ष एसईईका लागि चार लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । तर परीक्षा शुरु हुनु अघिल्लो दिन कोरोनाका कारण सरकारले स्थगित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार