भारतले होइन, प्रधानमन्त्री ओलीको राजीनामा मैले मागेको हुँ : प्रचण्ड
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २२:२:२७
१६ असार, काठमाडौं । सत्ता जोगाउन भारत कार्ड प्रयोग गरेका प्रधानमन्त्री केपी ओलीलाई अहिले आफ्नै बोली घाँडो भएको छ । आइतबार ओलीले आपूmले नेपालको राजनीतिक नक्शा सार्वजनिक गरेपछि भारतको इशारामा पदबाट हटाउन खोजिएको भन्दै असन्तुुष्ट नेताहरुप्रति कटाक्ष गरेका थिए ।
ओलीको उक्त भनाईले राजनीतिक र कुटनीतिक क्षेत्रमा ठूलै तहल्का मच्चाएको थियो । उक्त प्रकरणले नेताहरुको मान मर्दन गरेको भन्दै नेकपाको जारी स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले कडा प्रतिवाद गरे ।
ओलीजी तपाईंलाई भारतले हैन मैले हटाउन चाहेको हो, सरकारको मोर्चामा तपाईं पूर्ण असफल भइसक्नुुभयो, तत्काल राजीनामा गर्नुहोस्– बैठकमा प्रचण्डले भने । तत्कालै प्रचण्डको भनाईप्रति वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले पनि समर्थन जनाए ।
सत्ता जोगाउन अरुलाई अराष्ट्रवादी देखाउन खोज्ने भन्दै नेता खनाल पनि कड्एिको एकजना स्थायी कमिटी सदस्यले भने ।साथै, नेता नेपालले पनि सत्ता जोगाउन अरु नेताको इमानमाथि प्रश्न नउठाउन चेतावनी दिएका थिए । उनले पार्टीभित्र ओलीले एकलौटी गर्न खोजेको र सरकारी नियुुक्तिमा पनि विरोधीहरुलाई छानीछानी पारिएकोमा आपत्ति जनाए ।
नेताहरुको यस्तो अभिव्यक्ति आएपछि प्रधानमन्त्री ओलीले पनि ओठे जवाफ फर्काएका थिए । उनले भने– त्यसो भए हाम्रो स्थायी कमिटीमा उठेका सबै कुरा हुवहु भारतीय मिडियामा कसरी आयो त ? शीर्ष नेताहरुबीचको चर्काचर्कीले बैठकको माहोल नै बेग्लै बनाइदिएको थियो । ओलीको शैली र प्रवृत्तिको स्थायी कमिटी बैठकमा जमेर आलोचना हुने धेरैले अनुमान गरेकै थिए ।
तर शीर्ष नेताहरुले नै यसरी राजीनामा माग्ने अवस्था भने बडो गम्भिर भएको छ । अब ओलीमाथि थप दबाब सिर्जना हुने अवस्था छ । ओली धेरै बाढो भएर भारत कार्ड प्रयोग गर्न खोज्दा आफैंलाई घाटा भएको देखिएको छ । स्थायी कमिटीको जारी बैठकले अन्त्यमा ओलीको राजीनामा माग्ने सम्भावना अब अझै बलियो बनाइ दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार