नागरिकता ऐनको संशोधन प्रस्ताव सच्याउन जसपाले बुझायो ज्ञापन पत्र
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २२:११:६
१६ असार, हेटौँडा । जनता समाजवादी पाटी मकवानपुरले नागरिकता ऐनको संशोधन प्रस्ताव सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीकेपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदवाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रीय महासन्धी विरोधी भएको भन्दै उक्त विधेयक सच्याउन माग गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएको जिल्ला नेता राजेन्द्र सिम्खडाले जानकारी दिए ।
समान व्यवहार गरि राज्यका सबै नागरिकहरुको अभिभावक बन्ने अवसरको सदुपयोग गर्न सरकारलाई गम्भिरतापूर्वक आग्रह गर्ने ज्ञापन पत्र पेश गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय नेता सोनाम सिं स्याङतानले बताए । यदि विभेद निषेध र वहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकारलाई कसैले रोक्न नसक्ने केन्द्रीय सदस्य स्याङतानले बताए ।
ज्ञापन पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले प्रधानमन्त्रीको कार्यालयसँग समन्वय गरेर उक्त पत्र छिट्टै पठाइने बताए । प्रजिअ नेपाल, मकवानपुर प्रहरी प्रमुख शुशिल सिं राठौर, सुचना अधिकारी देवचन्द्र गर्तौलाको उपस्थितिमा जसपाका जिल्ला नेताहरु तुफान विक्रम क्षेत्री, हरिहर खतिवडा, बिकेन्द्र लामा लगायत ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागि भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार