ओलीको अभिव्यक्तिपछि नेकपामा खैलाबैला ! स्थायी समिति बैठक प्रभावित
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २२:२७:४५
१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपामा खैलाबैला भएको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकको शुरुमै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले भारतले हटाउन खोजेको अभिव्यक्ति कसरी आयो ? भन्दै गम्भिर छलफल गर्नुपर्ने बताएपछि नेकपामा खैलाबैला भएको हो ।
नेताहरुबीचमा यो विषयले विवाद सिर्जना भएपछि मंगलबारको स्थायी समिति बैठक समेत प्रभावित भएको छ । नेताहरुले चर्कोसँग यो कुरा उठाएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन सकेका छैनन् । यसले नेताहरुबीच चर्को मतभेद समेत सिर्जना गरेको छ ।
ओली केही समयका लागि बाहिर निस्केपछि बैठक प्रभावित भएको हो । प्रधानमन्त्री ओलीले हिजो मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा नेपालको नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको बताएका थिए ।
ओलीको सो अभिव्यक्तिको नेकपाभित्र मात्रै होइन, बाहिर सर्वसाधारणमा पनि चर्को आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार