सप्तरीमा आज एकैदिन २२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४८ पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २३:३०:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-13_gvzcVkOQ41.jpg)
◊ धीरुभाइ
१६ असार सप्तरी । आज एकैदिन सप्तरीमा २२ जनामा कोरोना संक्रमण भेटिएको छ । पछिल्लो पटक थपिएको २२ जनासहित जिल्लामा संक्रमितको संख्या २४८ पुगेको छ । आज जिल्लामा समुदाय स्तरमा कोरोना भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले दिए ।
कोरोना भेटिएकामध्ये जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिकाका १२ वर्षीय पुरुषमा छरछिमेक अन्य संक्रमित व्यक्तिबाट संक्रमण भएको उनले भने, संक्रमितको दाईमा पनि कोरोनाको लक्षण देखिएको छ । स्वाब जाँचको प्रक्रिया अगाडी बढाएका छौ । उनको अवस्था सामान्य भन्दा फरक छ ।
भेटिएका सक्रमितहरु तिलाठी कोइलाडी गाउँपालिकाका १० जना रहेका छन । उनीहरु १२ वर्ष माथिदेखि ५४ वर्षमुनिको रहेको बताइएको छ । त्यस्तै महदेवा गाउँपालिकाका एक महिलासहित १० जनामा कोरोना पुष्टि भएको र उनीहरु सात महिनादेखि ५४ वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । यसैगरी राजगढ गाउँपालिका वार्ड नम्बर ६ मा एक जना २१ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनीहरुको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाब परिक्षणमा रिपोर्ट पोजेटिभ आएको बताए । अग्निसाइर बाहेकका संक्रमितहरु सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए ।
हिजो सोमबार साँझ पनि १७ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा १५, रुपनी गाउँपालिका र महदेवा गाउँपालिकामा एक-एक जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज र दुई जनाको कोसी अञ्चल अस्पताल बिराटनगरको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितसहित हालसम्म जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, बलान बिहुल गाउँपालिका ३४, बोदेबर्साइन नगरपालिकामा ३४, छिन्नमस्ता गाउँपालिकामा २३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले बताए ।
यसैगरी राजगढ गाउँपालिकामा १९, तिलाठी कोइलाडी गाउँपालिकामा ४२, राजविराज नगरपालिकामा १५, डाक्नेश्वरी नगरपालिकामा १२, तिरहुत गाउँपालिकामा चार, सुरुङ्गा नगरपालिकामा तीन, महदेवा गाउँपालिका १२, जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय निमित प्रमुख यादवले जानकारी दिए ।
त्यसैगरी सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, खडक नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा दुई-दुई जना, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र रुपनी गाउँपालिकामा एक-एक जना कोरोना संक्रमित फेला परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार