कोरोना अस्पताललाई मेयरमार्फत हरिप्रिया फाउन्डेसनको सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०७७ बुधबार ०:४५:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/kshitiz-bhandari-dhangadi_sv5S85vsIG.jpg)
१६ असार, धनगढी । हरिप्रिया–प्रकाश फाउन्डेसनले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सुर्खेत र तनहुँपछि कैलाली जिल्लाका विभिन्न स्थानमा बिपन्न समुदायलाई राहत वितरण शुरु गरेको छ । नेपाल पत्रकार महासंघमार्फत स्वास्थ्य सौन्दर्य सामाग्री वितरण गरेको फाउन्डेसनले मङ्गलबार धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडलाई प्रमुख अतिथि बनाएर कोरोना अस्पतालमा माग बमोजिमको राहत वितरण गरेको हो ।
धनगढी उपमहानगरपालिकाका मेयर ओडमार्फत बाल्ट्रा कम्पनीको प्रेसर कुकर, चाईनिज मास्क, डाबरको जुस, फिनल्यान्डको सेनेटाईजरसहित सबै बिरामीलाई पुग्नेगरि साबुन, मन्जन, तेल, सर्फ, पाउरोटी, फलफुल, छाताहरु लगायत राहत दिईएको फाउण्डेशनका महासचिव एवं कांग्रेस युवा नेता क्षितिज भण्डारीले जानकारी दिएका छन् । राहत सामग्री भण्डारी परिवारमार्फत कुनै चन्दा संकलन नगरेर बितरण गरिएकोप्रति प्रमुख अतिथि मेयर ओडले धन्यवाद दिदै सबैलाई सेवाको पुण्य कार्य गर्न आव्हान गरेका छन् ।
मेयर ओडले महिला नेत्री एवं साहित्यकार स्वर्गीय हरिप्रिया भण्डारी आफ्नो आमा सरहको राजनीतिक अभिभावक समेत रहेको बताउदै गत बर्ष बाढीपहिरो जादाँ कैलाली कांग्रेस र रेडक्रसमार्फत फाउन्डेसनले ४ लाखको टेन्ट वितरण गरेको सम्झना गर्दै नेतृ भण्डारीको स्मृतिमा बर्षेनी देशभर गरिने लाखौंको सहयोग र मायाको कोसेली बितरण कार्यले नगरवासी लाभान्वित भैरहेको बताए ।
मेयर ओडकै बिशेष पहलकदमीमा निर्मित कोरोना अस्पताल मै राहत बितरण कार्यक्रम आयोजना गर्दै बिरामीलाई मनोवैज्ञानिक डर हटाउदै खुशी रहन फाउन्डेसनले काउन्सिलिङ्ग समेत गरेको युवानेता क्षितिज भण्डारीले बताए ।फाउन्डेसनले एक दिन अघि नै सार्वजनिक सुचना दिएर नेपालको जुनसुकै जिल्लाबाट सम्पर्क गर्ने कोरोना संक्रमितलाई आफन्तजनमार्फत फोटो नखिचिकन मङ्गलबार राहत सामग्री दिने बताएको छ ।
राहत बितरणको अनुगमन र सल्लाहकारमा सञ्चारकर्मी प्रकाशबिक्रम शाह, युवानेता नृप सुनार, प्रीन्सिपल बिष्णु दौल्यालसहित सामान बुझ्ने स्वास्थ्यकर्मी र आवश्यक बाताबरण निर्माणलाई नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहलाई फाउन्डेसनको तर्फबाट अध्यक्ष प्रकाशनारायण भण्डारीले धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार