राजीनामा नदिन र खुट्टा पनि नकमाउन ओलीलाई गुटका नेताहरुको ढाडस !
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १८:७:३३
१७ असार, काठमाडौं । १७ स्थायी समिति सदस्यले राजीनामा माग गरेपछि आफ्ना गुटका नेताहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव लिएका छन ।
मंगलबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायत १७ नेताहरुले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि उनले बिहानै आफ्नो गुटका नेताहरुलाई बालुवाटार बोलाएर छलफल तथा परामर्श गरेका हुन ।
जवाफमा गुटका नेताहरुले ओलीलाई अहिल्यै खुट्टा नकमाउन, तत्काल राजीनामा नदिन र केही समय धैर्य गरेर सोच्न सुझाव दिएका छन ।
बालुवाटारमा ओलीको गुट बैठकमा सहभागी भएका एक नेताले भने, अहिले न प्रधानमन्त्री पद छाड्नुपर्छ, न पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । खाली सबैका कुरा सुन्ने हो । निर्णय आफूले गर्ने हो । यसरी आत्तिएर अहिल्यै खुट्टा कमाउन जरुरी छैन ।
भेलामा मन्त्रीहरु ईश्वर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु सहभागी थिएन । साथै ओली निकट स्थायी समिति सदस्य, संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । गुटका नेताहरुको ढाडसपछि ओली केही शान्त बनेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार