‘सन्नाटा’काबीच नेकपाको स्थायी कमिटी बैठक शुरु
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १९:१०:११
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्केर शीर्ष नेताहरुबीचमा सन्नाटा छाएका बेला नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बालुवाटारमा निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो स्थायी कमिटीको पाँचौ दिनको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
हिजो बोल्ने १७ जना स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको राजीनामा चर्कोसँग उठेको हो ।
यो विषयले नेकपाभित्र मात्रै होइन, बाहिर पनि त्यत्तिकै आलोचनाको ठाउँ पाएको छ । यद्यपी नेताहरुबीच मिल्नुको विकल्प नभएको भन्दै वार्ता र छलफलको माध्यमबाट असन्तुष्टि समाधान गर्नुपर्ने शीर्ष नेताहरुलाई नेकपाका नेता कार्यकर्ताको सुझाव छ ।
यसअघि हिजो निकै उत्कर्षमा पुगेको नेकपाको विवाद आज केही मत्थर हुने सम्भावना पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार