खेत जोत्ने क्रममा ट्याक्टरमा च्यापिएर एक जनाकाे मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १९:१३:१२
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
◊ धीरुभाइ
१७ असार सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ४ बेलही चपेनामा आफैले चलाएको ट्याक्टरमा च्यापिएर एक जनाकाे मृत्यु भएको छ । स्थानीय ३० वर्षीय अनिलकुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
बिहान घरदेखि करिब पाँच सय मिटर दुरीमा आफ्नै स १ त ५८७६ नम्बरको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा अनियन्त्रित भएर पल्टिदा च्यापिएर उनको मृत्यु भएको बताइएकोछ । मृतक मण्डल ट्याक्टरधनी घनश्याम मण्डलका छोरा रहेको उनका आफन्त गजेन्द्र प्रसाद मण्डलले जानकारी दिए ।
खेत जोत्ने क्रममा ट्याक्टर हिलोमा फसेको कारण जोडले चलाउदा अनियन्त्रित भइ पल्टिएको उनले जानकारी दिए । ट्याक्टर हिलोमा फसेको कारण चालक खाना खाएर घर गएको बेला मण्डलले ट्याक्टर निकाल्न लाग्दा दुर्घटना भएको उनको कथन छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृतक मण्डलको शव परीक्षण गरी आफन्तजनको जिम्मा लगाएको प्रहरीले बताएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
असार १६, २०८१ आइतबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार