कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २०:२१:३९
१७ असार, काठमाडौं । सरकारले कोरोनाको रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए ।
अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।
अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष .एचडियु. रहेको पाइएको छ । ती २० अस्पतालमा २३५सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।
यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड १९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड १९ सम्बोधन योजना बनाएका थिए ।
यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ श्यया रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी ‘३० प्रतिशत’ अस्पतालमा कोभिड १९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३.३ प्रतिशत अस्पतालमा मात्र कोभिड १९– को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।
तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पीसीआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड १९– को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए।
अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ श्यया, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड १९–बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
कात्तिक २०, २०८१ मंगलबार