अब पाल्पाका बिरामीलाई तानसेन धाउने समस्या हट्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २१:९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/doctor_IJQz5jCi8E.jpg)
१७ असार, पाल्पा । पाल्पाको हुँगी स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट सञ्चालित हुँगी स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। आधारतभूत स्वास्थ्यमा नागरिकको पहुँच बढाउन गाउँपालिकाले एमबीबीएस डाक्टरसहितको व्यवस्था गर्न लागेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ देखि स्वास्थ्यमा नागिरकको पहुँच बढाउन करारमा एमबीबीएस डाक्टरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । स्वास्थ्यचौकीमा ल्याबसहित दश जना कर्मचारी रहेका छन् ।
रम्भा गाउँपालिकाका पाँच स्वास्थ्यचौकीमा ल्याब, बर्थिङ्ग सेन्टर, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएका छन । विपन्न समुदायका ५०० नागरिकको स्वास्थ्य बीमा, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रनितिधि गरी ३०० जनाको कोरोना बीमा गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले दीर्घरोगीलाई घर–घरमा उपचार, औषधि वितरण गर्दै आएको छ ।
पालिकाले आगामी आवमा गाउँपालिकामा थप एम्बुलेन्स सञ्चालन, विपन्न परिवारलाई स्वास्थ्य बीमा, मुटु मिृर्गौला रोगीलाई आर्थिक सहयोग, दीर्घरोगीलाई औषधि व्यवस्थापन तथा सुत्केरीलाई दिँदै आएको आर्थिक सहयोग,। स्वास्थ्य क्षेत्रमा खट्ने सम्पूर्ण कर्मचारीलाई भत्तालगायतका स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता कृष्ण रेग्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार