दुई दिनमा १२ प्रतिशतले वृद्धि भएको बजारकाे बृद्धि प्राकृतिक कि “मार्केट बबल” ?
आर्थिक संवाददाता
असार १७, २०७७ बुधबार २२:९:५
१७ असार, काठमाडाैं । आज पनि हिजो जस्तै दोश्रो बजारले ६ प्रतिशतको सकारात्मक सर्किट हान्दै शेयर कारोवार निर्धारित समय अघि नै बन्द भएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले वृद्धि हुँदै १३३६ दशमलव ५२ को विन्दुमा बन्द भएको छ । ११ लाख १ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४० करोड ७३ लाख बराबराको कारोवार भएको छ ।
कोरोना संक्रमणपछि खुलेको बजारको पहिलो दिन बजार घटेपनि त्यसपछिका लगातार दुई कारोवार दिनमा भने बजारले सकारात्मक सर्किट हान्दै बजार ३ बजे अघि देखि नै बन्द हुँदै आएको छ । हिजो बजारले सर्किट हान्दा २२ करोड माथिको कारोवार भएको थियो भने आज बजारले सर्किट हान्दा ४० करोड माथिको कारोवार भएको थियो । यसरी दुई दिनमा बजार १२ प्रतिशतले वृद्धि हुँदा ६३ करोड जतिको शेयर कारोवार भएको छ ।
आज पनि बजार बढ्दो प्रवृत्तिमा रहेको छ । आजको मैनबत्तीले पनि “बुलिस मारुबोजु” चित्र बनाएको छ। यसले आज बजारमा माग बढेको संकेत गर्नुका साथै केही समयसम्म बजार बढ्न सक्ने जानकारी गर्दछ । दैनिकी अवधिमा “आरएसआई” ५० दशमलब ५६ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार सकारात्मक हुन सक्ने जानकारी दिएको छ ।
“एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले बजारमा माग बढ्न थालेको प्रारम्भिक जानकारी गरेको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने जानकारी गराएको देखिन्दैन । नेप्से बढेमा पहिलो प्रतिरोध १३५० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२८० को क्षेत्रमा पाउने देखिन्छ । त्यस्तै बजारको अर्को प्रतिरोध १४५० मा रहेको छ भने अर्को दोश्रो टेवा १२५० मा रहेको छ।
बैंकमा तरलता वृद्धि हुँदा कर्जा सजिलो भएसँगै दोश्रो बजारलाई सकारात्मक टेवा पुगेको छ। संसारका धेरै शेयर बजारमा कोरोना संक्रमणको बीचमा नै बजार फर्केका थुप्रै उदाहरणसँगै नेपाली लगानीकर्ताको पनि मनोवैज्ञानिक टेवा पुगेको छ। त्यस्तै लकडाउन अघि निकै घटेको बजारको कारणले गर्दा पनि अहिले सानो बुल देखिएको आकंलन गर्न सकिन्छ ।
शेयर बजारमा छोटो समयमा यति धेरै वृद्धि हुनु स्वाभाविक नरहेको जानकार बताउँछन् । बजार वृद्धि हुँदा ठूलो कारोवार हुँदै गएको बजार टिकाउ हुन्छ । तर यति थोरै कारोवारमा प्रत्यक दिन सर्किट लाग्नुमा आक्रामक खरिदकर्ताले बजार वृद्धि गराउन खोजेको पनि हुन सक्छ । यस्ता प्रवृत्तिका खेल शेयर बजारमा बेला बेला हुने गर्छन । आक्रमक खरिद गरेर शेयर बजारलाई उचाल्ने र अन्तिममा शेयर मूल्य वृद्धि भएपछि शेयर बेच्ने प्रवृत्ति पनि बेला बेलामा देखिन्छ।
यस्तोलाई पम्प एण्ड डम्प भनिन्छ। फेरी कोरोना संक्रमणको बेलामा कम्पनीहरुको लाभांश कम आउने सम्भावना र चौथो त्रैमासको वित्तीय विवरण खासै आकर्षक आउने सम्भावाना कम छ । कोरोना संक्रमण वृद्धि भईरहेको अवस्थामा तत्कालै कम्पनीहरुले आक्रामक व्यापार गरिहाल्छन भन्ने छैन ।
यस्तो बेलामा लगानीकर्ताले एकदमै सजक भएर बजारमा लगानी गर्नुपर्ने हुन्छ । बजारमा पुरै नकारात्मक कुरा मात्र भएर बजार वृद्धि भएको होइन । अहिले केही राम्रा सकारात्मक कुरा पनि छन्। अन्य लगानीका क्षेत्र बन्द भएको बेलामा शेयर बजारमा रकम जानु स्वाभाविक हो ।
आज नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ७६ लाख बराबरको शेयर खरिदबिक्री हुँदा दोश्रोमा कुमारी बैंकको ४ करोड ९९ लाख बराबरको सस्थापक शेयर खरिदबिक्री भएको छ ।
सिटिजन्स बैंकको बजार मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने नेशनल माईक्रोफाईनान्सको बजार मूल्य सर्वाधिक ३ दशमलव ९२ प्रतिशतले घटेको छ ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्न होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार