वर्षा अनुकूल भएपछि असारमै धान रोपाइँ सकिने
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २२:५४:३८
१७ असार, राँझा । वर्षा अनुकूल भएपछि यसवर्ष बाँकेमा असार महिनामै धान रोपाइँ सकिने भएको छ । आकाशे पानीको भरपर्ने बाँकेका अधिकांश किसानले यो वर्ष पानी परिरहेका कारण समयमै धान रोप्न पाएका हुन । बाँकेमा हालसम्म करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।
विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यो वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको उनले बताए । जिल्लामा धानखेती हुने ३६ हजार ५०० हेक्टरमध्ये ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा यसवर्ष दोब्बर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।
हरेक दिन कम्तीमा पनि पाँच प्रतिशतका दरले रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले जानकारी दिए। जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा अन्यत्र भन्दा बढी रोपाइँ भएको उनको भनाइ छ । बाँकेका किसानले यसवर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । जानकी गाउँपालिका ५ बेलहरीका किसान सुरेश अहिरले यो वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुशी व्यक्त गरे ।
आफ्नो करिब चार बिगाह खेतमा धान रोपेर सकिएको बताउँदै किसान अहिरले बेलहरी गाउँका सबैजसो किसानले धान रोपेर सकिसकेको जानकारी दिए । बाँकेको जानकी गाउँपालिकामा ७० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । बाँकेमा धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिनमध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।
यो वर्ष बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जेठको अन्तिमबाटै रासायनिक मल बिक्री वितरण शुरु गरेका कारण किसानलाई सहज भएको छ । युरिया मलका लागि वर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानलाई यसवर्ष कष्ट व्यहोर्न नदिन पहल गरिएको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार