बन्दाबन्दीकै समयमा प्यूठानमा ९५ प्रतिशत रोपाइँ सकियाे
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २३:४:२५
१७ असार, प्यूठान । प्यूठानमा हालसम्म ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य फाँटमा धान रोपिएको हो । कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले पनि किसानले यसवर्ष समयमै धान रोपेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताए ।
सिँचाइ कुलो र आकाशे पानीको भरमा लगाइने खेतमा समयमै पानी पर्दा रोपाइँ छिटो सकिएको हो । उनले भने,–“जिल्लामा छिटफुट बाहेक अन्य सबै ठाउँमा धान रोपाइँ भइसकेको छ । ” जिल्लामा यस वर्ष राधा ७, राधा ९, राधा १४, सावित्रीलगायतका जातका धान किसानले रोपेका छन् ।
अघिल्लो वर्षको तुलनामा जिल्लामा यस वर्ष धानखेती गर्ने क्षेत्रफलमा वृद्धि भएको अनुमान गरिएको छ । अघिल्लो वर्ष ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने यस वर्ष ६ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थविज्ञ श्रेष्ठले बताए ।
अघिल्ला वर्षमा बाँझा छाडिएका खेतमा यस वर्ष रोपाइँ गरिएको छ । कोरोना सङ्क्रमणका कारण भारत, तेस्रोमूलुक र नेपालका विभिन्न स्थानबाट फर्किएका युवाले बाँझो जमिनमा पनि धान रोपेको पाइएको श्रेष्ठले बताए । रोपण क्षेत्रफल बढेसँगै प्यूठानमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार