प्रधानमन्त्री ओली समग्र क्षेत्रमा असफल भएको युवा नेता पौडेलकाे आरोप
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार २:४७:५७
१७ असार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै विकल्प दिनुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै ठीक नभएको आरोप लगाउँदै मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले वर्तमान सरकारले जनताको जनजीवन उकास्ने गरी कुनै पनि काम गर्न नसकेको आरोप पनि लगाए । जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको उल्लेख गर्दै सरकारप्रति जनताको कुनै आशा र भरोसा नभएको विचार राखे।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता कर्णबहादुर थापाले प्रधानमन्त्रीको राजीनामा माग्नु राष्ट्र, पार्टी, नेपाली जनताका निम्ति सान्दर्भिक नहुने बताए । उनले भने, “अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र छ, त्यसलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार