अनिवार्य मास्क अभियानमा आराध्या र क्यारोलिन निशुल्क राहत बाँड्दै
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १४:२९:२३
१८ असार, धनगढी । सुदुरपश्चिम प्रदेशमा ९ बर्षको नानी आराध्या भण्डारी र ७ बर्षकि क्यारोलिन भण्डारी मास्क बाँड्न बजार निस्किदा धेरैजना आश्चर्यचकित भए । कोरोना रोगीको घरबाटै टाढा बस्ने अनि अस्पताल नै शिल गरेर भाग्ने मनोबैज्ञानिक त्रास हटाउन केन्द्रीय विद्यालय काठमाडौमा अध्ययनरत दिदीबहिनीले कोरोना संक्रमित बस्ने कोरोना अस्पताल मै गएर नर्स र डाक्टरलाई जुस खुवाए भने बिरामीलाई मास्क, सेनेटाईजर साबुन, तेल, सर्फ, बाल्टी, ब्रेड, फलफुल आदि सामाग्री प्रमुख अतिथि व्यंग्यकार गडसेरी माईलामार्फत बितरण गरेका छन् ।
प्रमुख अतिथि माईलाले कार्यक्रमलाई सम्बोधन गर्दै हुने बिरुवा को चिल्लो पात झैं कलिला नानीहरुको सामाजिक सेवाकार्य अभियानको प्रशंसा गर्दै स्वर्गीय हरिप्रिया भण्डारीको साहित्यिक र राजनीतिक योगदान अनुकरणीय रहेको बताए । विशिष्ट अतिथि नेपाल महिला संघ कैलाली अध्यक्ष पुष्पा भट्टले साना नानीहरुकाे मास्क बितरण अभियानले नेपाली महिलाको नेतृत्व क्षमताको अभिबृद्दि हुने र प्रदेश मै स्वास्थ्य सचेतना बढ्ने बताइन् ।
युवानेता नृप सुनारले धनगढी उपमहानगरपालिका कोरोना अस्पताल, नेपाल पत्रकार महासंघ र अन्य स्थानमा युवानेता क्षितिज भण्डारीको अगुवाईमा मेयर नृप ओडमार्फत बेग्लै कार्यक्रममा स्वास्थ्य तथा दैनिक आवस्यक सामाग्री बितरण गरिएको बताए ।
कोरोनाको प्रादेशिक अस्पताल प्रशासन र बिरामीलाई राहत बितरणमा सहयोगको लागि सामाजिक विकास मन्त्रालय, पत्रकार प्रकाशबिक्रम शाह, प्रीन्सिपल बिष्णु दौल्यल, अस्पताल परिवारसहित सुरक्षा र सामाजिक दुरि अनुगमनका लागि प्रमुख तथा वडा प्रहरी कार्यालय धनगढीलाई आयोजक हरिप्रिया-प्रकाश फाउन्डेसनका अध्यक्ष प्रकाशनारायण भण्डारीले धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार