खानेपानीमा नक्कली उपभोक्ता समिति खडा, रकम झ्वाम पार्ने योजना !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १४:४१:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/pani_3Zx1QFKkcd.jpg)
१८ असार, डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।
प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो । उपभोक्ताहरुको भेला नै नबोलाई कीत्र्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप लगाए । स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उहाँको भनाइ छ । उक्त समिति गएको जेठ १२ गतेका दिन गठन गरिएको पाइएको छ ।
विसं २०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ । ओझाले भने, “हामीलाई कुनै जानकारी नगराई समिति गठन गरेर काम भएको रहेछ, सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर कीत्र्ते गरिएको छ, कारवाही हुने की नहुने ?”
उक्त खानेपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताए । उनले भने, “वडा अध्यक्षलगायतको मिलेमतोमा काम अगाडि बढेको हो, यो कुरा उपभोक्ताहरु कसैलाई थाहा छैन्, सबैले मिलेर पैसा खान खोजेका हुन् ।” रु तीन लाख रकम रहेको उक्त खानेपानी योजनाको ७५ हजार पेस्की लिएर नयाँ बनेको समितिले काम अगाडि बढाएको छ ।
समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरे। “समिति गठन गर्दा सबैसँग सल्लाह हुन सकेन”, साउदले भने, “एकरदुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाएँ, यस्तो होला भनेर थाहा पाएन ।” स्थानीय तीर्थ रौतेडाले सबै नक्कली कागजात मिलाएर सहयोग गरिदिएको अध्यक्ष साउदले जानकारी दिए ।
उता सो वडाका वडाअध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे । “सडकको समितिको माइन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका रहेछन्”, वडाअध्यक्ष बोहराले भने, “कानूनमा नमिल्ने काम भएको अहिले थाहा पाएँ, नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको भए छानबिन गर्छौँ ।”
अहिले काम रोकिएको र पेस्कीअनुसारको काम भए नभएको अनुगमन गर्ने र यदि काम भएको छैन भने समितिबाट असुलउपर गर्नेसमेत वडाध्यक्ष बोहराले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले समिति नक्कली बनाएर पेस्की लिएको प्रमाणित भए काम रोकेर कारवाही गरिने बताए । उनले आफूलाई अहिलेसम्म सो सम्बन्धमा कुनै जानकारी नआएको बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार