आज शान्ति प्रक्रियाका महानायक गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १५:५:२३
१८ असार, काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेपाली राजनीतिका शिखर पुरूष, शान्ति प्रक्रियाका महानायक, नेपाली कांग्रेसका पुर्व सभापति नेता स्व. गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती बिहीबार बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।
२०६२/६३ सालको जनआन्दोलनका नायक तथा सफल राजनेता कोइरालाको विसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो । कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला भारतमै उनको जन्म भएको हो ।
उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । नेपाली कांग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लागि स्मरणीय छ ।
उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट उनी पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । जनआन्दोलनपछि उनले राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाएका थिए ।
उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई संविधान सभा निर्वाचनमा गएको थियो । उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो । अहिले पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पटकपटक मुलुकमा गिरिजाबावुको आवश्यकता रहेको बताउँदै आएका छन् । २००३ सालमा विराटनगरमा मजदूर आन्दोलन गर्दागर्दै उनमा राजनीतिक चेतना जागरुक भएको थियो ।
तर यस पटक विश्वभर फैलिएको कोरोना भाइरसको महामारी र सरकारले लागु गरेको लकडाउनका कारण भव्य कार्यक्रमको आयोजना नगरेको नेपाली कांग्रेसले जनाएको छ । यदपि सामाजिक दुरी कायम गरेर कोइरालाको ९७ औं जन्मजयन्तीका अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पणको कार्यक्रम सबै जिल्लाहरुमा गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार