कैलालीमा एक हजार खरका छाना विस्थापन गरिने
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १५:३६:४२
१८असार, घोडाघोडी । कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको हो । तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि करीब हजार घर परेको प्रतिनिधिसभा सदस्य झपट रावलले जानकारी दिए ।
स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिए । सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२ तथा गाउँपालिका मोहन्याका ३३८, बर्दगोरियाका १५६ र जानकीका १५३ घरका खरका छाना विस्थापन हुने भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार