अधिवेशन अन्त्य गर्ने निर्णयले नेकपामा आयो भूइँचालो
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २०:३४:९
१८ असार, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिबेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेपछि नेकपाका शीर्ष नेताहरु हच्किएका छन् । जारी स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गर्ने हल्ला चलेकै बेला सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिश गरेपछि हल्लीखल्ली मच्चिएको हो ।
आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक राखिएको थियो । तर अचानक बिहान साढे १० बजे प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको र १२ बजे मन्त्रिपरिषद बैठक डाकेको खबर शीर्ष नेताहरुले चाल पाए । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठक जारी राख्न आग्रह गर्दै आफू मन्त्रिपरिषद बैठकका लागि व्यस्त भएको जानकारी गराएका थिए ।
स्थायी कमिटीमा नेताहरु आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो, कसैले माधव काम्रेड ( माधवकुमार नेपाल ) लाई फोन गरेर संसद् अधिवेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दियो– बैठकमा सहभागी एक जना नेताले भने । लगत्तै नेपालले यो जानकारी बैठकलाई गराए । अनि एक्कासी किन र कसरी यस्तो निर्णयमा ओली पुगे भनेर शीर्ष नेताहरु घोत्लिए । त्यसपछि स्थायी कमिटी स्थगित गरेर शीर्ष नेताहरु छलफलमा जुटे ।
प्रचण्डले उर्जा मन्त्री बर्षामान पुनलाई बोलाएर सोधे । उनले पनि कुनै प्रस्ताव नराखी बैठक बोलाइएको जानकारी दिंदै भने– बैठक सुरु भएपछि प्रधानमन्त्रीले कानून मन्त्रीलाई संसद्मा के बिजनेश छ त ? भनेर प्रश्न राख्नु भयो । कानून मन्त्री शिवमाया तुम्बाहाम्फेले खासै बिजनेस नरहेको जानकारी दिएपछि ओलीले त्यसो भए संसद्को चालू अधिबेशन आजै साँझबाट अन्त्य गर्ने निर्णय गरौं भन्दै बैठक सकिएको मन्त्री पुनले बताए ।
त्यसपछि शीर्ष नेताहरु झनै सशंकित भए । स्थायी कमिटी बैठक जारी रहँदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले एक बचन नसोधी अधिवेशन अन्त्य गर्नुका पछाडि राजनीतिक स्वार्थ लुकेको निश्कर्ष निकाले । अनि सबैले प्रचण्डलाई बिकसित पछिल्लो अवस्थाबारे ओलीसँग छलफल गरेर मात्रै स्थायी कमिटी बैठक सुचारु गर्न सुझाब दिएका थिए । सोही बमोजिम अहिले दुबै अध्यक्ष छलफलमा जुटेका छन् ।
राजनीतिक परिस्थिति कता जाने हो भन्न कठिन छ – एक स्थायी कमिटी सदस्यले भने । समयमै बुद्धि पुगेन भने नेकपा अब सग्लो रहन मुश्किल भइसक्यो भन्दै उनले ओलीलाई एक्लो पारेर प्रहार गर्न खोज्दा ठूलै दुर्घटना हुन सक्ने चेतावनी दिए । संसद् अधिवेशन अन्त्य गरी आफूलाई अनुकुल हुने अध्यादेश ल्याउन ओली तयार रहेको धेरैको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार