फेरि अध्यादेश ल्याउदै ओली, नेकपा फुट्ने संकेत !
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २१:४८:१९
१८ असार, काठमाडौं । पार्टी फुटाएर भएपनि पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेका छन् । यसअघि सो अध्यादेश ल्याउँदा नै प्रधानमन्त्री ओलीले राजीनामाको सामाना गर्नुपरेको थियो ।
माधव नेपाल र प्रचण्डले जसरी पनि हटाउन खोजेपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने तयारी गरेकाे बालुवाटार स्रोतले जनाएको छ । संसद बन्द गरिसकेको अवस्थामा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गर्नेवित्तिकै लागु हुने भएकाले नेकपा फुटाएर फेरि एमाले बनाएर सत्ता लम्ब्याउन सकिने ओलीको तयारी छ ।
संविधानत पार्टी फुट्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पु¥याउनु पर्ने अनिर्वाय व्यवस्था छ । तर ओलीले आफुलाई सहज हुने गरि ल्याउन लागेको दल विभाजन सम्बन्धि अध्यादेशमा दुईमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ । किनभने नेकपामा ओलीको संसदीय दलमा मात्र ४० प्रतिशत भन्दा बढी भएपनि केन्द्रीय समितिमा भने ४० प्रतिशत पनि नपुग्ने अवस्था बिद्यमान छ । सोही कारण ओली यसअघि एकपटक ल्याएर असफल बनेको अध्यादेश फेरि ल्याएर आवश्यक परे पार्टी फुटाएरै छाड्ने तयारीमा लागेका छन् ।
जुन ओलीका लागि अर्को घातक हुने प्रचण्ड र माधव नेपालको बुझाई छ । तत्काल राजीनामा नदिने, नेताहरुलाई मनाउने प्रयास गर्ने, बरु पार्टी अध्यक्ष पद छाड्ने तर प्रधानमन्त्री नछाड्ने र यति गर्दा पनि दुबै पदबाट हटाउन खोजे नेकपा फुटाउने ओलीको अन्तिम तयारी हो । यसका लागि कानुनी बाटो खोल्न ओली अध्यादेश ल्याउने निष्कर्षमा पुगेका हुन । जसकारण उनी अझै डेढ बर्ष प्रधानमन्त्री भइराखेर नयाँ चुनावमा फेरि बहुमत ल्याउने पक्षमा अडिग बन्न चाहन्छन । तर दुईदेखि तीनदिनसम्म केही नगरी नेताहरुको गतिविधि र सकेसम्म मनाउने प्रयास गर्ने ओलीको योजना छ ।
यदि आफ्ना कुरा नसुनी प्रचण्ड र माधव नेपाल मिलेर हटाईहालेमा पार्टी फुटाउने ओलीको योजना हो । नेकपाका केही नेता, स्थायी कमिटी सदस्य र नेताहरु पनि प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए पार्टी फुटाउने ओलीको योजनामा सहमत छन । जसले ओली हौसिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार