रोलरको कम्पनले पर्खाल भत्किदा च्यापिएर एक बालकको मृत्यु
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार १:२४:५३
◊ धीरुभाइ
१८ असार सप्तरी । रोलर मेसिनको कम्पनले पर्खाल भत्किदा च्यापिएर सप्तरीको खडक नगरपालिका वडा नम्बर १ सिस्वामा बिहीबार एक बालकको मृत्यु भएको छ । पर्खाल खस्दा च्यापिएर स्थानीय नखेलाल मण्डल धानुकको ७ वर्षीय बालक उमेशकुमार मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
सडक निर्माणको लागि प्रयोग गरेको बा. २ क ९६८३ नम्बरको रोलरको (भाइब्रेटर) कम्पनले घरको पर्खाल भत्किएका हुन । खडक नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत रू. ३५ लाखको लागतमा स्थानीय फुलो मियाँको घर देखि पश्चिम लक्षमण साहको घरसम्म उपभोक्ता समिति मार्फत आरसीसी ढलान कार्यका भइरहेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष छबिल मण्डल हुन । निर्माण स्थलमा उपभोक्ता समितिका पदाधिकारी थिएनन । उक्त सडकमा भाइब्रेटर मेसिन सञ्चालन भइरहेको बेला घरको १० ईन्च इटाँ माटोले बनेको घरको छेउमा बसेर बालक मण्डल काम हेरेर बसेको थियो । घरका सदस्यहरू खेतमा काम गरिरहेका थिए ।
चालकले भाइब्रेटर मेसिनको गति तीब्र पारेपछि घरको पर्खाल बालकको जिउमै खस्यो स्थानीय श्रवण कुमार साहले भने, तर कसैलाई थाहा भएन, आधा घण्टापछि भत्केको पर्खालको इटाँ जेसीवि हटाउन लाग्दा च्यापिएको अवस्था मृत बालक फेला प¥यो ।
पीडित परिवारसहित स्थानीयले उपभोक्ता समितिका पदाधिकारी, वडाध्यक्ष उपर कारबाहीको माग गरेका छन । यता रोलर मेसिनलाई पीडित परिवारसहित स्थानीयले नियन्त्रणमा लिई घटना स्थलमै कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ । चालक, उपभोक्ता समितिका पदाधिकारीहरु फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार