भीरकोटमा कृषी, पर्यटन र कोरोनाको रोकथामलाई प्रथामिकता दिदै झण्डै ५८ करोडको वजेट
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार २:२:५२
◊ भूपराज बस्याल
१८ असार, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले छैटौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७/०७८ का लागी ५७ करोड ९७ लाख ९९ हजार वजेट सार्वजनिक गरेको छ । भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा वजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कुल विनियोजित रकम मध्ये चालु तर्फ (सामाजिक सुरक्षा सहित) रु ४३ करोड ३४ लाख ९९ हजार र पूँजीगततर्फ रु १३ करोड ६३ लाख विनियोजन गरीएको छ ।
प्रस्तुत वजेटमा संघिय समानीकरण अनुदान १० करोड २२ लाख, संघिय राजश्व बाँडफाँडवाट ७ करोड ९ लाख ८१ हजार,सर्सत अनुदान २० करोड ७२ लाख,घट्ना दर्ता पन्जिकरणमा ३० लाख, संघिय सरकार समपूरक अनुदान ७९ लाख , संघिय सरकार विशेष अनुदान २ करोड ५० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड सडक वोर्ड नेपाल तर्फवाट ५० लाख, र आन्तरीक आम्दानी २ करोड ३० लाख वाडफाँड गरीएको छ ।
त्यसैगरी प्रदेश सरकार राजस्व बाँडफाँडवाट ३४ लाख ६८ हजार ,प्रदेश सरकार समानीकरण अनूदानवाट १ करोड २० लाख ५० हजार, प्रदेश सरकार समपूरक अनुदानवाट १ करोड गरी कुल ५७ करोड ९७ लाख ९९ हजार अनुमानित वजेट उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा प्रस्तुत गरे ।
आ.व ०७७/०७८ का लागी वजेटका उद्धेश्य तथा प्राथमिकतामा कोरोना भाइरसको संक्रमण लगायत सवै रोग र विप्दवाट नागरीकको जिवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित वनाउने,उपलब्ध स्रोत, साधन तथा अवसर र क्षमताको उच्चतम परिचालन गरी नगरपालिकाको समग्र विकासको गतिलाई निरन्तरता दिने,आर्थिक,सामाजिक,भौतिक पूर्वाधार विकास गरी सम्वृद्ध भीरकोट सुखी भीरकोटवासी अभियानलाईअगाडी वढाउदै कृषी,पर्यटन,स्वच्छ पिउनेपानी,प्राविधिक एंव गुणस्तरीय शिक्षा , सुचना प्रविधिको विकास,सामाजिक,आर्थिक तथा भौतिक पूर्वाधार निर्माण आदी क्षेत्रमा जोड दिने निति लिइएको छ ।
कोरोनाले अस्तव्यस्त बनाएको वेला अलि वढी वजेट तथा कार्यक्रमा प्राथामिकता दिईएको भन्दै उपप्रमुख केसीले महिलाहरुको शिप र क्षमता विकासको लागी उपमेयरसंग महिला कार्यक्रम लिएर गाँउ गाउँमा गई महिलाहरु लाई तालिम र लगानीको वातावरण सिर्जना गरी व्यवसायीक वनाई आर्थिक उपार्जन तर्फ लगाउने वताए । साथै उपप्रमुख केसीले धेरै थोरै सवै वर्गलाई वजेट तथा कार्यक्रमले सम्वोधन गरेकाले समृद्ध भीरकोट निर्माणको लागी सवैको साथ र सहयोग आवश्यक रहेको वताए ।
नगरप्रमुख छायाराम खनालले कोरोना भाइरसको कारण गत चैत्र महिना भित्र भीरकोट नगरलाई वालमैत्री नगर घोषणा गर्ने भनीएतापनि हुन नसकेको भन्दै लकडाउन खुल्ने वित्तकै यस आ.व मा घोषणा गर्ने भन्दै नगरपालिका भित्र रहेका हरेक धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासले निरन्तरता पाउने, कृषकलाई अनुदानमा आधुनिक कृषी औजार विउ वेर्ना प्रदान गर्ने, यस वर्ष नगरका वडा कार्यालय नभएका वाडको कार्यालय भवन निर्माण गर्ने, आधिँखोलाको तटबन्धन गर्ने र मेयरसंग जेष्ठ नागरीक आदी जस्ता कार्यक्रमहरुलाई वजेटको व्यवस्था गरेको वताए ।
नगर प्रवत्ता दिपेन्द्र केसी द्धारा प्रस्तुत आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७ र भीरकोट नगरपालिकाको वालवालीका सम्वन्धी ऐन २०७७, वालवालीका सम्वन्धी कार्यविधि २०७७ र लेखा समितिको प्रतिवेदन समेत छैटौं नगर सभावाट सर्वसम्मत पारित गरीएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार