क्वारेन्टाइनबाट भागेर घर गएका ३३ जनामा कोरोनाको पुष्टि, कन्ट्याक ट्रेसिङ सुरू
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार २:३६:१५
१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनबाट भागेर घर गएका ३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा सक्रमणको पुष्टि भएको हो ।
भारतबाट आएकामध्ये आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माद्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पोट नआएको भन्दै ५९ जना क्वारेन्टाइनबाट भागेर घर गएका थिए ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरका अनुसार संक्रमितहरु भागेकै केहीमा रिर्पोट आएको छ जसमा ७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् ।
अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । यता नगरपालिकाले क्वारेन्टाइनबाट घर गएकाहरूलाई घरमै सुरक्षित बस्न वा पुनः क्वारेन्टाइनमा फर्किन सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार