फेसबुकमा दोहोरी खेल्नुको साटो कलाकार संघमार्फत समाधान खोज्न आग्रह
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार २:४५:१६
१८ असार, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक लगायत सामाजिक सञ्जालमा कलाकारहरुबीच आरोप प्रत्यारोप भइरहेको गतिविधिप्रति नेपाल चलचित्र कलाकार संघले गम्भिर ध्यानाकर्षण भइरहेको जनाएको छ ।
नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायिका पूजा शर्माको अन्तर्वार्ता विवाद, नायिका दीपाश्री निरौलाले महानायक राजेश हमाललाई लगाएको आरोप लगायतका विषयमा संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो विवाद आउँदा सामाजिक सञ्जालमा दोहोरी खेल्नुको साटो कलाकार संघमा आएर समाधान खोज्न र संघ त्यस्ता विवाद समाधानका लागि अग्रसर हुने अध्यक्ष रवीन्द्र खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरुको वर्गिय हक हितका साथै चलचित्रको संरक्षण सम्वद्र्धनमा स्थापना भएको संस्था हो । नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रवद्र्धनमा क्रियाशिल छ’ विज्ञप्तीमा भनिएको छ, ‘संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई संघले संवोधन गर्दै सामाधान गर्दै आइरहेको छ ।’
साथै संघले कोरोना महामारीका कारण ठप्प भएको चलचित्र क्षेत्रको अवस्थालाई आगामी दिनमा उकास्ने विषयमा पनि बहस शुरुवात गर्न आग्रह गरेको छ । पछिल्ला विवाद पनि लकडाउनकै कारण उत्पन्न भएका र यसले उत्पन्न भएका समस्या जानकारी गराएर विवाद समाधान गर्न पनि संघले आग्रह गरेको छ । साथै विवादित विषयमा समाधानका लागि संघले पहल शुरु गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।
‘हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप संन्र्दभमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरु संग सम्पर्क गरेको छ । वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ’ विज्ञप्तीमा भनिएको छ ।
लकडाउनका कारण उत्पन्न समस्या एवं पारिश्रमिकका विवादलाई पनि समाधान गर्न आवश्यक रहेको र त्यस्ता कुरा संघलाई जानकारी गराएर संयुक्त रुपमा विवाद समाधान गर्न पनि संघले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार