गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ : सभापति देउवा
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २१:५८:१३
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताएका छन् ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा आज नेविसङ्घ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उनले नेविसङ्घको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिए ।
“काठमाडौंमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्छ”, उनले भने । नेविसङ्घमा अहिले सङ्गठन निर्माणभन्दा पनि नेताहरुको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसङ्घले गाउँसम्म पुगेर सङ्गठन विस्तार गर्ने बताए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार