कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २२:२५:२३
१९ असार, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए ।
“स्थानीय तह जनताको नजिकको सरकार हो, सङ्कटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन”, उनले भने, उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना सङ्क्रमित आत्तिन नहुने सुझाव दिए । फरक प्रसङ्गमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए । प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, “प्रतिपक्षी दललेभन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ ।”
सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पीपीई हस्तान्तरण गरेका थिए ।
यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पीपीई दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पीपीई, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पीपीई, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासङ्घ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार