नेपाली कांग्रेसलाई सत्ताको माखेसाङ्लोमा नअलमिन प्रभावशाली नेता अर्जुननरसिंह केसीको खबरदारी
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार ०:३७:२६
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सत्ताको अन्तरसंर्घषमा नअल्मिई जनसंर्घषकै बाटो अख्तियार गर्न कांग्रेस नेतृत्वलाई सचेत गराएका छन् । विहीवार साँझ आफ्नो फेसबुक वाल र टुवीटर ह्रयाण्डलमा लामो कमेन्ट लेख्दै नेता केसीले भनेका छन् “नेपाली कांग्रेस न अस्थिरताको कारक बन्ने हो, न सत्ताको भागबन्डामा रुमल्लिने हो । अझ सशक्त प्रतिपक्षी नै हामीलाई प्राप्त जनादेश हो भन्ने भुल्नुहुँदैन ।”
वर्तमानमा देखिएको सत्तारुढ नेकपाको सत्ता कलह र तरल परिस्थितिले मुलुकको स्थिति झन झन जटिल बन्दै गएको बताउँदै नेता केसीले संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य गर्नुको तात्पर्य सार्वभौम जनप्रतिनिधि माथिको उपेक्षा, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने षड्यन्त्र मात्र भएको बताएका छन् । स्थिरता र समृद्धिको सपना बाँडेर सत्तासीन नेकपा आफै अन्तरध्वंशी प्रवृत्तिबाट विनाशतर्फ उन्मुख भएको उनको कथन छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले २०७४ को आमनिर्वाचनमा जनतालाई “समृद्ध नेपाल सुखी नेपाली” को भ्रमपूर्ण सपना बाँडेर करिब दुईतिहाई बहुमतका साथ सत्तामा पुगेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य केसीले जनताले दिएको लोकप्रिय मतका आधारमा सिंगो नेपाली कांग्रेसले नेकपाकै हाराहारीमा मत पाएकोले कांग्रेसले चुनाव हारेको नभै जिम्मेवार विपक्षी दलको जिम्मेवारीपूर्ण भूमिका पाएको दावी गरेका छन् ।
“निर्वाचन सकिएपछि नेकपाका नेताहरूमा अब २५ बर्षसम्म कम्युनिष्टकै शासन हुने जुन दम्भपूर्ण धाक सुनिन्थ्यो, जनतामा त्यो आज वितृष्णा र नैराश्यतामा परिणत भएको छ । जनताको त्यत्रो मत पाएको पार्टी आज पराजित मनोविज्ञानमा रुमल्लिरहेको छ । सत्ता कलहले स्वयं पीडित मात्र भएको छैन, पूर्णतः असफल सावित भईसकेको छ । छिमेकी मित्रराष्ट्रका बीच असमझदारी र असन्तुलन उत्पन्न गरेको छ भने परराष्ट्र नीतिको असफलताले देशलाई द्वन्द्वको पासोमा धकेल्दै छ ।” नेता केसीले लेखेका छन् ।
कांग्रेस सभापति एवं अन्य उच्च नेतृत्वलाई खबरदारी गर्दै केसीले भनेका छन् “नेकपाको कलह उसैद्वारा उब्जिएको उसैको आन्तरिक मामिला हो । यसमा हामी नेपाली कांग्रेस मुछिनुपर्ने वा राजनीतिक अपेक्षा राख्नुपर्ने कुनै तुक वा औचित्य बिल्कुलै छैन र नेकपाको सत्ता कलह, अस्थिरता, विकृति, असंगति, भ्रष्टाचार, कुशासन र दण्डहिनताको कारक वा भागिदार हुनुपर्ने कारण पनि छैन ।”
उनले उत्पादनविहीन तथा वितरणमुखी अर्थनीति अपनाएर भेनेजुएलाको पतनशील आर्थिक पथमा नेपाललाई घिसार्दै लगेका प्रधानमन्त्री केपी ओलीको यो साढे दुई बर्षको कार्यकालमा मुलुकभरि अपराध र भ्रष्टाचार भयानक गतिले बढिरहेको बताएका छन् । “मुलुकको दुरावस्था र सत्ताको अभिभारा बोकेको नेकपाभित्रको चर्किरहेको सत्ता कलह बाहिरबाट नेकपामा पसेको नभएर पूर्ण रूपमा नेकपाभित्रै उम्रिएर झांगिएको हो । सोही विकृतिले समस्याग्रस्त देशलाई झन विकराल अवस्थामा धकेलेको छ ।” कांग्रेस नेता केसीले भनेका छन् ।
आम नेपाली जनता कोरोना महामारीका कारण कोही प्रवासमा, कोही क्वारेन्टाइनमा, कोही अस्पतालमा छट्पटिरहेको तथा अधिकांश भोकले विचल्ली परेका नेपालीको समस्या समाधानतर्फ होइन सत्ता टिकाउन र खोस्न मै सत्तारुढ नेकपा अस्तव्यस्त बनेको आरोप नेता केसीको छ । कांग्रेस सभापति एवं अन्य उच्च नेतृत्वलाई खबरदारी गर्दै केसीले भनेका छन् “नेकपाको कलह उसैद्वारा उब्जिएको उसैको आन्तरिक मामिला हो । यसमा हामी नेपाली कांग्रेस मुछिनुपर्ने वा राजनीतिक अपेक्षा राख्नुपर्ने कुनै तुक वा औचित्य बिल्कुलै छैन र नेकपाको सत्ता कलह, अस्थिरता, विकृति, असंगति, भ्रष्टाचार, कुशासन र दण्डहिनताको कारक वा भागिदार हुनुपर्ने कारण पनि छैन ।”
नेपाली कांग्रेसलाई जनताले ५ वर्षको लागि प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश दिएको स्मरण गर्दै नेता केसीले कांग्रेसले अब २०७९ को निर्वाचनमा दुईतिहाई ल्याउने उद्देश्यले नीति तथा कार्यक्रम बनाएर जनताको माझ जाने तयारी गर्नुपर्ने बताएका छन् । नेपालको तरल राजनीतिमा बीचबीचमा उल्का झैं देखापर्न सक्ने राजनीतिक प्रलोभनमा पर्नु अक्षम्य गल्ती र आत्मघात मात्र हुने उल्लेख गर्दै कांग्रेसका प्रभावशाली नेता केसीले वर्तंमानमा सत्ताको लालची हुनु भनेको जनतामाथिको बेईमानी र विश्वासघात हो भनेका छन् । तसर्थ कांग्रेस सत्ताको माखेसाङ्लोमा अलमलिनु हुँदैन र अलमलिदैन् भन्ने आफ्नो दृढ विश्वास रहेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार