कोरोनामा सरकारले भ्रष्टाचार गरेपछि कांग्रेसको अनुगमन समिति गठन
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार १:९:८
१९ असार, काठमाडौं । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड—१९ अनुगमन समिति’लाई पूर्णता दिएको छ ।
काँंग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञसहित ३५ सदस्य मनोनयन गरिएको समितिका सदस्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
समिति सदस्यहरुमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी, रमा कोइराला पौडेल, धु्रव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे, डा प्रभु बुढाथोकी रहेका छन ।
यसैगरी समितिमा डा माधवी भट्ट, डा लक्ष्मीराज पाठक, डा मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, डा अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्राडा धनेश्वर नेपाल, डा किरण रेग्मी, रवीजङ्ग पाण्डे, बद्री अर्याल, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा अशेष ढुङ्गाना, दीपकराज भट्ट, सरिन घिमिरे र विमल ढकाललाई मनोनयन गरिएको छ ।
समितिको आजै बसेको पहिलो बैठकमा संयोजक डा महतले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टिन अनुगमन गर्दाको अवस्थालगायत हालसम्म भएका विविध विषयमा बैठकलाई जानकारी गराएका थिए ।
बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको सदस्य सचिव डा पराजुलीले बताए । साथै बैठकले स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्यलगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।
खासगरी पछिल्लो समय सरकारले कोरोना महामारीको मौका छोपेर भ्रष्टाचार बढी गरेपछि कांग्रेसले त्यसको अनुगमन गर्न र वास्तविकता बाहिर ल्याउन अनुगमन समितिलाई पूर्णता दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार