बर्दियामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार २:६:१४
१९ असार, काठमाडाैं । बर्दियामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । बर्दियामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ३६ हजार ७०४ घरपरिवारका कूल ८८ हजार छ सय छन् । तीमध्ये ४७ हजार ८११ महिला र ४० हजार ८७० पुरुष छन् । यसैगरी आठ हजार १५२ घरपरिवार बीमित छन् । उनीहरुबाट रु दुई करोड १६ लाख २६ हजार ६६५ रकम उठेको छ ।
नेपाल सरकारको नीतिअनुसार निःशुल्क बीमित हुने २८ हजार ५३१ घरपरिवार रहेका छन् । निःशुल्क बीमित हुने व्यक्तिका नामबाट नेपाल सरकारले रकम ब्यहोर्ने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को भदौ १ गतेदेखि लागू हुने गरी ७० वर्ष उमेर पुगेका वृद्धवृद्धा, एचआईभी-एड्स सङ्क्रमित, कुष्ठरोगी, रातो कार्ड प्राप्त गरेका असहाय अपाङ्ग र जटिल खालको क्षयरोगीका परिवारलाई नेपाल सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरिएको थियो । स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत शुल्क मिनाहा गरी बीमा गरेको छ ।
बर्दिया जिल्लामा आर्थिक वर्ष ०७४/०७५ को असोज महिनादेखि बीमा कार्यक्रम सञ्चालन र मंसिर १ गतेदेखि बीमितका लागि सेवा शुरु भएको थियो । बर्दियाको सबै पालिकामा तालीम प्राप्त ८० जना बीमा कार्यकर्ता खटिएको स्वास्थ्य बीमा बोर्ड गुलरियाका दर्ता अधिकारी अर्जुन पौडेलले बताए ।
पाँच जनासम्मको परिवारमा वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाएपछि एक बीमितले आफूले गरेको बीमाबाट वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था भएकाले स्वास्थ्य बीमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको दर्ता अधिकारी पौडेलले बताए । स्वास्थ्य बीमा गरेबापत गर्भपतन, प्लाष्टिक सर्जरी, अङ्ग प्रत्यारोपणबाहेकका धेरै किसिमको उपचार सेवा पाउने व्यवस्था रहेको उनको भनाइ छ ।
चालू आर्थिक वर्ष ०७६/०७७ देखि बीमाबापतको प्रिमियम रकम पाँच सदस्य भएको प्रति परिवार रु तीन हजार ५०० र रु एक लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ । छ देखि १० सदस्य भएको प्रति परिवार रु तीन हजार पाँच सय बीमा शुल्क लाग्ने र रु ७०० का दरले प्रतिव्यक्ति थप शुल्क लाग्ने तथा रु एक लाखमा रु २० हजारका दरले बढ्दै गई रु दुई लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ ।
११ भन्दामाथि सदस्य भएको प्रति परिवार रु तीन हजार ५०० बीमामा शुल्कमा रु ७०० को दरले प्रतिव्यक्ति थप लाग्ने र रु दुई लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ । बर्दियामा बढैयाताल गाउँपालिका, बारबर्दिया नपा राजापुर नपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । तीनवटै केन्द्रबाट उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार