दुवै पद नछाड्ने ओलीको अडान, हटाएर देखाउन प्रचण्ड र माधव नेपाललाई चुनौति
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार २:३६:१६
१९ असार, काठमाडौं । शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष प्रचण्डसँगको तीन घण्टा भन्दा बढी लामो सकारात्मक भनिएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहो¥याएका छन् । चार दिन लामो विवाद उत्कर्षमा पुगेर सिर्जित निर्णायक छलफलमा प्रधानमन्त्री ओली आफू कुनै पनि हालतमा दुबै पद नछाड्ने अडानमा उभिएका हुन् ।
बरु उनले नयाँ महाधिवेशन नभईसकेका बेला आफूलाई दुवै पदबाट हटाएर देखाउन प्रचण्डलाई चुनौति दिएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएका बेला ओलीले कुनै हालतमा पद नछाड्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि २०७५ जेठ २ गते र २०७६ मंसिर ४ गते भएका दुबै सहमतिअनुसार अगाडी बढ्नुपर्नेमा प्रचण्डले जोड दिएपनि ओलीले त्यसलाई बेवास्ता गरेका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आफ्नो निरन्तरता एकमात्रै विकल्प भएको भन्दै ओलीले यस्तो संकटको बेला पद नछाड्ने बताएका हुन् ।
ओलीको चट्टानी अडान अगाडी प्रचण्ड फेरि पनि झुक्नुपर्ने अवस्था आएको छ । विगतका सहमति कार्यान्वयन नगर्ने भए अब नयाँ सहमति गर्नुपर्ने प्रचण्डको भनाई छ । तर ओलीले त्यसप्रति पनि चासो देखाएका छैनन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यले राजीनामा माग गरेपनि त्यसप्रति कुनै चिन्ता नभएको ओलीको भनाई छ ।
संसद नभएपछि हाइसञ्चो !
पार्टी स्थायी समिति बैठकबाट ओलीलाई राजीनामाको निर्देशन दिन लगाएर प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले उस्तै परे संसदमा अविश्वासको प्रस्ताव लैजाने मनस्थिति बनाएका थिए । तर यो संकेत पहिल्यै थाहा पाएका ओलीले संघीय संसदका दुवै अधिवेशन बिहीबार नै अन्त्य भएको घोषणा गरिदिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ पाएका ओलीले बिहीबार केही घण्टामै नेपालको सार्वभौम सत्ताको मुख थुन्न लगाए । प्रतिपक्षी दल कांग्रेस, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई समेत थाहा नदिएर ओलीले संसदको बजेट अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । जसको विरोधमा कांग्रेस छ ।
मन्त्रिपरिषदबाट पठाएको सिफारिस हत्तपत्त राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेर संसद सचिवालयलाई पत्र पठाएपछि ओलीको चाहाना पूरा भएकाे थियो । जसले प्रधानमन्त्री ओलीलाई दुबै पदबाट हटाउने प्रचण्ड लगायत नेताहरुको सपना पूरा हुन असम्भव बनाईदिएको छ ।
स्थायी कमिटी बैठकमा जति नै राजीनामा माग गरेपनि संसद नभएका कारण ओली आफू प्रधानमन्त्री पदबाट नहट्नेमा ढुक्क छन् । संसद नभएका कारण पार्टीको निर्णय कार्यान्वयन नहुने ओलीको भनाई छ । जसले फेरि एकपटक आफू नै सर्वेसर्वा बन्ने र अरुलाई नेता नै नठान्ने प्रवृत्ति ओलीमा हावी भएको छ । अरुलाई पेलेरै निर्णय गराउन बानी परेका ओलीलाई यसले कतिदिन सत्तामा टिकाइरहन सक्छ ? त्यो भने हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार