नेकपाको स्थायी समिति बैठक आज, ओली-प्रचण्डबीच थप भिडन्तको सम्भावना
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार १५:४७:५
२० असार, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अर्को भीडन्त हुने सम्भावना छ ।
स्थायी कमिटी बैठकबाटै देखिएको असन्तुष्टि र विवाद समाधान गर्न दुई दिन बैठक स्थगित गरिएपनि सहमति हुन सकेन । नेताहरुबीच छलफल भएपनि ठोस सहमति नहुँदा आजको स्थायी कमिटी बैठकमा पनि ओली र प्रचण्डबीच चर्काचर्की हुने सम्भावना छ ।
गएको मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । त्यसयता नेकपाभित्र चर्केको विवाद मत्थर हुनुको साटो झन झन बढ्दै गएको छ ।
शुक्रबार दिउँसो पनि ओली र प्रचण्डबीच तीन घण्टा बढी छलफल भएको थियो । तर बैठकमा ठोस सहमति हुन नसकेको नेताहरुको भनाई छ । आफूलाई फेरि पनि बेवास्ता गरेपछि प्रचण्ड लगायतका नेताहरुले स्थायी कमिटी बैठकमा फेरि राजीनामा माग चर्काउने सम्भावना छ ।
ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेर पार्टीको निर्णय नमान्ने स्पष्ट संकेत दिएका छन । यसले नेकपाभित्रको विवाद थप चर्किएको छ । आजको स्थायी कमिटी बैठकमा पनि त्यही विवादले निरन्तरता पाउने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार