लकडाउनमा फाइदा उठाउँदै ६० को औषधि दुई हजार ४०० मा बिक्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार २२:२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/aausadhi_DhhtCc6z4D.jpg)
२० असार, मेलम्ची । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले वढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । “मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ”, उनले भने । उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा रु ६० पर्ने औषधिलाई सो मेडिकलले रु दुई हजार ४०० लिएको हो । त्यस्तै सोही मेडिकलले औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ ।
यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।
प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार