कांग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार २३:५८:५७
२० असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले कांग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए।
नेता पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेकामा जोड दिए। साथै उनले कांग्रेसको आगामी १४औँ महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए ।
अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उनले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय होइन भने । विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने नेता पौडेलको भनाइ थियो ।
उनले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्दै पूँजीवादीहरुले राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार