प्रधानमन्त्री शितलनिवासमा, बालुवाटार मन्त्रीहरुलाई बोलाइयो
नेपालबहस संवाददाता
असार २०, २०७७ आइतबार ०:२७:५१
२० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आज अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगेका हुन् ।
भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन। यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीइतरका नेकपा शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन्।
प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेका छन् ।यस्तै प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ७ बजे बालुवाटारमा मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बोलाएका छन्। स्रोतका अनुसार मन्त्रीहरूलाई बालुवाटारमा मिटिङका लागि भन्दै बोलाइएको छ।
नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र पछिल्लो विवाद देखिएको हो। राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् । शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन लिम्पियाधुरासहित समावेश गरेको नक्सा जारी गरेपछि भारतीय राज्य प्रशासन संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर नेकपाभित्रै विवाद छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार