राष्ट्रपतिलाई भेट्न प्रचण्ड, नेपाल र खनाल शीतल निवास
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १७:५२:४२
२१ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका नेकपाका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
ओलीको राजीनामा माग गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल आइतबार बिहान ११ बजे नै शीतल निवास पुगेका हुन् ।
दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेको र सो अध्यादेश राष्ट्रपतिकोमा पुगेको भन्ने सूचना शीर्ष नेताले पाएको दाबी गरिएका बेला प्रचण्डसहितका नेताहरु शीतल निवास पुगेका हुन् । अहिले राष्ट्रपतिसँग उनीहरुले सो विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
यसअघि गएको बिहीबार पनि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिलाई हटाउने षडयन्त्र भइरहेको बताएका थिए । त्यसअघि ओली राष्ट्रपति भण्डारीलाई भेटेर फर्केका थिए ।
त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको छ । पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार