सुदूरपश्चिममा कोरोना सङ्क्रमित सङ्ख्या ३४६९ पुग्याे
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १८:१४:५३
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ ।
दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम बझाङ सङ्क्रमणको दरमा बढ्दै गएको छ । हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ सङ्क्रमित पुगेका छन् । यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ सङ्क्रमित पुगेका छन् । देशभरमै सबैभन्दा बढी कोरोन सङ्क्रमित जिल्लाका रुपमा सम्भवतः कैलाली जिल्ला पहिलो जिल्लाका रुपमा देखिएको छ ।
कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । गतहप्ता पीसीआर पद्धतिबाट प्रदेशमा १६ हजार ९३५ जनाको नमूना परीक्षण भएकामा शनिबार यो सङ्ख्या २२ हजार १४७ पुगेको छ । हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन् ।
बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेशमा अधिक सङ्ख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवा कोरोनाबाट सङ्क्रमित भइरहेको देखिएको छ ।स्वास्थ्य निर्देशनालय दीपायलको पछिल्लो तथ्याङ्कका अनुसार हालसम्म पीसीआर पद्धतिबाट स्वाब सङ्कलन गरी नमूना जाँच गरिएका मध्ये २० देखि २९ वर्ष उमेरका एक हजार ५३७ जनामा कोराना सङ्क्रमण भएको छ ।
यसैगरी ३० देखि ३९ वर्ष उमेरका ७२७, दशदेखि १९ वर्ष उमेरका ४४५, चालीसदेखि ४९ वर्ष उमेरका २९०, नौ वर्ष सम्मका बालबालिका २७२, पचासदेखि ५९ उमेरका १३२, साठीदेखि ६९ वर्षका ५१, सत्तरीदेखि ७९ वर्षका १४ र नब्बेदेखि ९९ वर्षका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले १४ दिन आइसोलेशनको बसाइ पूरा गरेर नजिता नेगेटिभ आएको र पछिल्लो तीन दिनमा कुनै लक्षण नदेखिएको व्यक्तिलाई डिस्चार्ज गर्ने गरिएको बताए । क्वारेन्टाइनमा बसेको व्यक्तिको हकमा १४ दिनको बसाइ पूरा गरी नतिजा जे सुकै आए पनि थप सात दिन सुरक्षित तरिकाले घरमा बस्ने गरी होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको जनाइएको छ ।
यसैबीच स्वास्थ्य तालीम केन्द्र धनगढीमा कोभिड–१९ को सिआइसिटी सेन्टर ‘बिरामीको खोज पड्ताल तथा सर्वेक्षण केन्द्र’ स्थापना गर्न लागिएको छ । यो केन्द्रले स्वास्थ्य संस्था लगायतसँग कोभिड–१९ को रोकथामका लागि आवश्यक काममा समन्वय गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार