डर हराउँदै, जोखीम बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १९:११:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-2-1_sf7Ay6MaF0.jpg)
२१ असार, काठमाडौं । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएको छ । गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखापर्यो । उहाँ उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो । सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्यो ।
कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन । झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो । सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन ।
निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ । यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।
सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ । दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने,“ थप सतर्कता अपनाउने समय अब आएको छ । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार