ओलीको फण्डाले निम्त्याएको धर्मसंकट
इन्द्र रिजाल
असार २१, २०७७ आइतबार २२:२:१
२१ असार, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली राजनीतिक रुपमा बलियो रहन विचित्रका फण्डा तयार गर्न माहिर छन् । यति ज्ञान नेपाली राजनीतिका खेलाडीहरुलाई थाहै छ । अझ उनकै सहयात्रीहरु त यसबारे राम्रै ज्ञान राख्छन् । तर यसपाला भने ओलीले फालेको फण्डाले समग्र राजनीति नै उल्टो दिशामा हिंडाईएको छ ।
पूर्व माओवादीसँगको पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्डको साथ लिएर आफ्ना सहकर्मी नेताहरुको हुर्मत लिन उद्यत् ओली विस्तारै कमजोर बनेका थिए । प्रचण्डसँगको सत्ता संघर्षले उत्कर्ष रुप धारण गरेपछि पूर्व एमालेकै माधवकुमार नेपाल र झलनाथ खनालहरु ओलीलाई ठेगान लगाइन्छ भनेर ढुक्क थिए । परिस्थिति त्यही दिशामा उन्मुुख पनि थियो । ओली सबैतिरबाट एक्लिंदै गएको अवस्था बन्यो । पार्टीका हरेक संयन्त्रमा ओली रक्षात्मक अवस्थामा धकेलिए ।
विषयले नयाँ मोड लिएको छ । अब जे सहमति हुन्छ,त्यो फेरि ओली र प्रचण्डकै चोचोमोचो मिलाएर हुने हो । जहाँ माधव झलनाथ केवल रमिते मात्र हुुने छन् । साक्षी किनाराको सदर । माधव झलनाथले सोचेका थिए– ओलीको विकल्पमा हामी हौं । सुरुका दिनमा त्यस्तै नै देखियो । तर जब फलाम तात्तियो, घन हाल्ने बेलामा चाहिं प्रचण्ड अग्रसर भए । प्रचण्डले विगतमा प्रधानमन्त्री पद आधा आधा चलाउने सहमति नै छलफलको विषय बनाइदिए । कताको कुरो पुग्यो कता ।
यति भइसक्दा माधव झलनाथको धोको पूरा हुने अनुमान गरियो । जारी स्थायी कमिटीले ओलीलाई दुुबै पदबाट राजीनामा गर्न निर्देशन दिने वातावरण लगभग तयार भइसकेको थियो । तर बीचैमा ओलीले नयाँ फण्डा तयार गरिदिए । जसले गर्दा अहिलेसम्म तयार भएको सबै प्लट भताभुंग भयो ।
माधव झलनाथलाई लागेको थियो– नयाँ परिवेशले ओली गल्ने र सत्ताको साँचो पूर्व एमाले नेतृत्वमै आउने छ । तर परिस्थितिले भने कोल्टे फे¥यो । अहिलेको झगडाको कारण र निकास अर्काे दिशामा फर्कियो । ओली विरुद्ध प्रचण्ड । अहिलेको लडाईं फेरि ओली र प्रचण्डकै बीच अगाडि बढेको छ । दुई नेताहरु पटक पटक छलफलमा जुटेका छन् ।
विषयले नयाँ मोड लिएको छ । अब जे सहमति हुन्छ,त्यो फेरि ओली र प्रचण्डकै चोचोमोचो मिलाएर हुने हो । जहाँ माधव झलनाथ केवल रमिते मात्र हुुने छन् । साक्षी किनाराको सदर । माधव झलनाथले सोचेका थिए– ओलीको विकल्पमा हामी हौं । सुरुका दिनमा त्यस्तै नै देखियो । तर जब फलाम तात्तियो, घन हाल्ने बेलामा चाहिं प्रचण्ड अग्रसर भए । प्रचण्डले विगतमा प्रधानमन्त्री पद आधा आधा चलाउने सहमति नै छलफलको विषय बनाइदिए । कताको कुरो पुग्यो कता ।
अहिले एउटा खेमाबाट ओली र अर्काे खेमाबाट प्रचण्डबीच घनिभूत वार्ता भइरहेका छन् । वार्ता छलफलको केन्द्रीय विषय पनि शक्ति बाँडफाँडमै छ । हिजो शक्ति माधव वा झलनाथसँग शेयर गर्नेतर्फ लक्षित परिवेश अहिले ठीक उल्टो दिशामा बढेको छ । अर्थात, अब पावर शेयरिङ हुँदा फेरि ओली र प्रचण्डकै बीचमा हुने अवस्था आयो । त्यसैले गर्दा यो प्रकृयाबाट माधव झलनाथले केही प्राप्ति गर्ने अवस्था पनि छैन । मात्र प्रचण्डको भरिया बन्ने अवस्था बन्दैछ ।
हिजो प्रचण्डको बुई चढेर ओलीको सत्ता हत्याउने माधव झलनाथको तयारी यतिखेर आएर भुुत्ते बनेको छ । आज पनि दुबै अध्यक्षबीच वार्ता भयो । वार्तामा साक्षीसमेत राखियो । त्यहाँ ओली र प्रचण्डकै विश्वास पात्र मात्र सहभागी थिए । दुुई अध्यक्षबीच भइरहेको वार्ताको अजेण्डा पनि सत्ता प्राप्तिमै छ । त्यहाँ न त माधवको प्रतिनिधि सहभागी छन् न झलनाथकै । त्यसैले जे सहमति हुन्छ ओली र प्रचण्डकै हितका लागि मात्रै हुने हो ।
नसोचेको दिशामा राजनीतिक कोर्ष अगाडि बढेपछि माधव झलनाथ समूह पनि बिखलबन्दमा परेको छ । दुई अध्यक्षले परिबन्ध बनाएर आफ्ना लागि बार्गेनिङको अवसर बनाए । जसले गर्दा माधव र झलनाथका लागि आकासको फल आँखा तरी मर जस्तो भएको छ । कदाचित पार्टी विभाजनको अवस्था आयो भने कसरी फेस गर्ने भन्नेमा पनि माधव झलनाथलाई द्विविधा थपिएको छ । प्रधानमन्त्री ओलीले हिजै आफ्ना क्याबिनेट सदस्यलाई भनिसके– परिस्थिति गम्भिर छ, अब कित्ता छान्नुहोस् । एउटा कित्ताको नेतृत्व ओलीले गर्ने र अर्काको प्रचण्डले ।
यस्तो अवस्थामा माधव झलनाथ लगायत पूर्व एमाले पक्षधरले कुन नेतृत्व छान्ने ? माधव र झलनाथले अब ओलीलाई छाडेर प्रचण्डलाई नेता मान्ने ? बढो गम्भिर अवस्था छ । यो अस्त्रले ओलीलाई ठूलो बल पुुग्ने लख काटिएको छ । ओलीले बुझेरै यो चाल चलेका हुन् । या त मसँग हिंड या प्रचण्डसँग सती जाउ । बडाे धर्मसंकटको अवस्था छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार