रुकुम घटनाको सत्यतथ्य बाहिर ल्याउन दलित नेताहरुको माग
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २३:५:३७
२१ असार, काठमाडौँ । रुकुम पुगेर ६ जना युवाहरुको हत्याका विषयमा विस्तृत अध्ययन तथा अनुसन्धान गरेर फर्किएको उच्चस्तरीय संसदीय छानबिन विशेष समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
नेकपाका नेता तथा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय टोली रुकुम सोतीमै पुगेर इतिहासमै अहिलेसम्मकै ठूलो जातीय नरसंहारको छानबिन गरेर फर्किएको दुई हप्ता बढी भएपनि प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
संसदीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरिरहेका बेला दलित समुदायका नेताहरुले घटनाको सत्यतथ्य विवरणसहित छिटो प्रवितेदन सार्वजनिक गर्न माग गरेका छन । सिंहदरबारमा भएको छलफलमा दलित समुदायका विभिन्न दलका नेता तथा दलित अगुवाले छिटो प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन ।
रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको थियो । उनीहरुलाई कुटी कुटी हत्या गरेको वास्तविकता बाहिर आएपछि घटनाबारे देश विदेशमा आलोचना भएको थियो ।
राजनीतिक आग्रह पूर्वाग्रह राखेर घटना दबाउने प्रयास भइरहेका बेला गठन भएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले जानकारी दिए । संसदीय छानबिन समितिमा धेरैजसो गैरदलित नेताहरु पनि थिए ।
दलित नेताहरुको जिज्ञासा सुनेपछि संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानूनबमोजिम कारवाही हुने बताए । सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उहाँले हदै सम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हत्याको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानबिनका लागि नौ सदस्य समिति गठन गरेको थियो । समितिले रुकुम हत्या प्रकरणको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ ।
सोही अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक जीवन परियारले नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको आरोप लगाए ।
यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार